शनिबार, जेठ २, २०८३

गौचरणमा बन्यो मोरङको पेट्रोल खानी

नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहे पनि यकिन गर्न नसक्दा खानी गौचरणमा परिणत भएको हो। पेट्रोलमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी रहेका छन्। सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य सुरु भएको हो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

मोरङ- तीन दशक बितिसक्दा पनि मोरङको पेट्रोल खानी सञ्चालनमा नआउँदा गौचरणमा परिणत भएको छ। नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहे पनि यकिन गर्न नसक्दा खानी गौचरणमा परिणत भएको हो। पेट्रोलमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी रहेका छन्। सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य सुरु भएको हो। 

National life

तर, मोरङको बेलबारी नगरपालिका–८ बाहुनीमा रहेको खानी भने गौचरणमा परिणत भएको छ। खानीको अन्वेषणका निम्ति बनेका भवन र कच्चापदार्थ अवस्था जीर्ण बन्दै गएको छ। अन्वेषण गर्न बनेका भवन भग्नावशेष भई अन्वेषण गर्न ल्याएको कच्चा पदार्थसमेत नष्ट भएका छन्। विसं २०४५ मा सरकारको सहयोगमा एउटा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषण त गर्‍यो तर सरकारले उक्त कार्यलाई निरन्तरता दिन नसकेका कारण गौचरणमा परिणत भएको स्थानीय कुलबहादुर भण्डारी बताउछन्। 

उक्त कम्पनीले छ महिना लगाएर साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको थियो। ३४-३५ वर्ष बितिसक्दा पनि उक्त स्थानमा सरकारले कुनै काम नगरेको स्थानीयवासी यामप्रसाद तिम्सिना बताउछन्। सरकारले खानी तथा भूगर्भ विभागले खानी अन्वेषण गर्न र सञ्चालनमा ल्याउने भन्दै स्थानीयवासीबाट ४.९६९ वर्गमिटर जमिन आफ्नो मातहतमा ल्याएको छ। 

सरकारको बेवास्ताका कारण हाल उक्त स्थान जङ्गलमा परिणत भएको छ। सरकारको मुख्य समस्या भनेको पेट्रोलियम पदार्थ रहे पनि आफूसँग भएका खानी सञ्चालन गर्न नसक्नु हो। तीस वर्षदेखि उक्त स्थान गौचरणका रूपमा परिणत हुँदासम्म सरकारको ध्यान नगएको तिम्सिनाको गुनासो छ। 

विसं २०४५ मा चिनियाँ कम्पनीले आएर अनुसन्धान पूरा गरी नेपाल सरकारलाई जिम्मा लगाएको खानीका चौकीदार कपिलमणि रेग्मी बताउछन्। बेलाबेला खानी तथा भूगर्भ विभाग निरीक्षण गर्न आउने गरेको उनले बताए। हाल उक्त स्थानमा दुई कर्मचारी छन् भने विराटनगरमा भएको कार्यालयसमेत काठमाडौंमा सरिसकेको छ।

प्रकाशित: Aug 25, 2022| 20:15 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।