शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सकको लापरबाहीले आफन्तको मृत्यु भएपछि डाक्टरलाई कारबाहीको माग

चिकित्सकको लापरबाहीले आफन्तको मृत्यु भएपछि डाक्टरलाई कारबाहीको माग

वीरगञ्ज हेल्थ केयर अस्पताल र शल्यक्रिया गर्ने डा आसिफ अन्सारीका कारण छोराको मृत्यु भएको भन्दै उनीहरुलाई कडा कारबाहीको माग गरेका हुन्। फिरोजलाई स्वास्थ्यमा समस्या आएपछि गत साउन २६ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको मृतकका बुबा अन्सारीले बताए।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

पर्सा- पर्सा छिपहरमाई गाउँपालिका–२ चेरङमहाका फिरोज मियाँ अन्सारीको अस्पताल र चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै परिवारले कडा कारबाहीको माग गरेको छ। 

मृतकका बुबा जुमन अन्सारीले यहाँ आज पत्रकार सम्मेलन गरी वीरगञ्ज हेल्थ केयर अस्पताल र शल्यक्रिया गर्ने डा आसिफ अन्सारीका कारण छोराको मृत्यु भएको भन्दै उनीहरुलाई कडा कारबाहीको माग गरेका हुन्। फिरोजलाई स्वास्थ्यमा समस्या आएपछि गत साउन २६ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको मृतकका बुबा अन्सारीले बताए।

फिरोजलाई पत्थरी भएको भन्दै गत साउन २७ गते डा. आसिफ अन्सारीको टोलीले शल्यक्रिया गर्दाको गल्ती नै छोराको मृत्युका कारण भएको अन्सारीको दाबी छ। उनले भने, 'बाबुको शल्यक्रिया गरेको केही घण्टामा नै दुखाइ सुरु भयो, हामीले डाक्टरलाई भन्यौँ, उहाँले केही हुँदैन भन्नुभयो र फेरि साउन २८ गते दोस्रोपटक शल्यक्रिया गर्नुभयो।'

उनले दोस्रो शल्यक्रियापछि छोरालाई भेन्टिलेटरमा राखेको र साउन २९ गते डा आसिफ अन्सारीले त्यहाँ निको नहुने भनेपछि हेलिकप्टर चार्टर्ड गरेर ललितपुरको मेडिसिटी अस्पताल ल्याएको जानकारी दिए।

मेडिसिटी अस्पतालमा उपचारका क्रममा फिरोजको यही भदौ ५ गते राति ८ बजे मृत्यु भएको भन्दै उनले सुरुको उपचारमै गल्ती भएको दाबी गरेका छन्। शल्यक्रिया गर्ने बेलामा डाक्टरले तीन वटा नसा काटेको र पत्थरी भित्रै फुटाइदिएको मृतक फिरोजका परिवारको आरोप छ। अस्पताल सञ्चालक डा. अब्दुल हैज अन्सारी र शल्यक्रिया गर्ने डा आसिफ अन्सारीलाई कानूनी दायरामा ल्याएर कडाभन्दा कडा कारबाहीको मागसमेत गरिएको छ।

प्रकाशित: Aug 25, 2022| 19:55 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।