शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धुनीबेशीले काठमाडौं महानगरलाई सम्झायो फोहोर व्यवस्थापनबारे स्थानीयसँग भएको सम्झौता

धुनीबेशीले काठमाडौं महानगरलाई सम्झायो फोहोर व्यवस्थापनबारे स्थानीयसँग भएको सम्झौता

धुनिबेसी नगरपालिकाको वडा नं.१, ३ र ४ तथा नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा १, २ र ३ का स्थानीय बासिन्दाले फोहोर विसर्जनलाई व्यवस्थित गर्न माग गर्दै आएका छन्।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं-  धादिङ जिल्लास्थित धुनिवेशी नगरपालिकाले नगरका स्थानीय र काठमाडौं महानगरबीच भएको सम्झौता अक्षरस: पालना गर्न महानगरलाई स्मरण गराएको छ।

National life

नगरपालिका अन्तर्गतको वातवरण तथा विपद व्यवस्थापन समितिले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै व्यवस्थित फोहोर विसर्जनको दीर्घकालीन समाधान खोज्न महानगरलाई अपिल गरेको हो।

धुनिबेसी नगरपालिकाको वडा नं.१, ३ र ४ तथा नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा १, २ र ३ का स्थानीय  बासिन्दाले फोहोर विसर्जनलाई व्यवस्थित गर्न माग गर्दै आएका छन्। धुनीबेँशीको प्रश्न छ, 'काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिने स्थान बनाइएको कुडुल्ले बञ्चरेडाँडा आसपासका क्षेत्र धुनिबेसी नगरपालिकाको वडा नं.१, ३ र ४ तथा नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा १, २ र ३ का स्थानीय बासिन्दाले काठमाडौं महानगरपालिकाले गरेको अव्यवस्थित फोहोर विसर्जनका कारण कहालीलाग्दो नारकीय जीवन व्यतित गरी कति समय बाँच्न पर्ने हो?'

पटकपटकको वार्ता र सहमतिपछि पनि माग पुरा गर्नको सट्टा स्थानीयमाथि प्रहरी बल प्रयोग गरेर फोहोर विसर्जन गर्न काम भएको भन्दै नगरपालिकाले गुनासो समेत व्यक्त गरेको छ। 

प्रकाशित: Aug 25, 2022| 17:57 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।