बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अल्फाबिटाको काम फत्ते भएपछि बालेनले भने– मैले के बिराएँ?

अल्फाबिटाको काम फत्ते भएपछि बालेनले भने– मैले के बिराएँ?

बिहीबार उनले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाए। बिहान उनी अनुगमनका लागि त्यहाँ पुग्दा कम्प्लेक्स सञ्चालकसँग नोकझोंक चल्यो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आजभोलि एक्सनमा छन्। महानगरका ठूला व्यापारिक भवनले आफ्नो पार्किङ क्षेत्र व्यावसायिक प्रयोजनमा लगाएपछि उनी त्यो खाली गर्न लागिपरेका हुन्।

National life

बिहीबार उनले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाए। बिहान उनी अनुगमनका लागि त्यहाँ पुग्दा कम्प्लेक्स सञ्चालकसँग नोकझोंक चल्यो।

अल्फाबिटाले बेसमेन्टमा व्यवसाय सञ्चालन गरेर पार्किङ बाहिर राखेको देखिएपछि मेयर बालेनले त्यसलाई तत्काल हटाउन आग्रह गरेका थिए। तर अल्फाबिटा ग्रुपका अध्यक्ष एवं व्यवसायी द्वीराज शर्माले बेसमेन्ट कायम राखेको र बाहिर पार्किङको व्यवस्था गरेको बताएपछि मेयर बालेन र शर्माबीच वादविवाद भएको थियो। मेयर बालेनले व्यावसायिक भवनमा बेसमेन्टमै  पार्किङको व्यवस्था गर्नुपर्ने भनेपछि व्यवसायीले विवाद चर्काएका थिए। शर्माले बालेनलाई ‘डन’ हो कि मेयर भन्दै आक्रोश व्यक्त गरेका थिए। 

शर्माले ३५ दिने सूचना नपाएको र पत्रिकामा प्रकाशन भएकोबारे केही जानकारी नभएको बताउनासाथ मेयर बालेनले सम्झाउने प्रयास गरे पनि व्यवसायी झगडामा उत्रिएका थिए। जरिमाना तिरेर व्यवसाय सञ्चालनका लागि अनुमति लिएको शर्माले बताए। त्यसको कागजपत्र मेयर बालेनले माग्नासाथ शर्माले भवनको नक्सा महानगरसँग हुनुपर्ने बताएपछि विवाद झनै चर्कियो।

‘तपाईंको घरको नक्सा मसँग हुनुपर्छ?’ बालेनले आक्रोशित हुँदै प्रश्न गरे। उनले ३५ दिने सूचना देखाउँदै व्यवसायीलाई सम्झाउने प्रयास गरे। तर व्यवसायीले त्यसलाई नमान्ने अड्डी लिएपछि विवाद भयो। काठमाडौंमा साढे २ लाख घर रहेको र सबैका घरमा पत्र पठाउन नसकिने हुँदा ३५ दिने समय दिएर सार्वजनिक सूचना प्रकाशन गरिएको मेयर साहले बताए।

Shivam cement

अल्फाबिटा सञ्चालकसँग वादविवाद भएको केही घण्टामै बालेन उक्त कम्प्लेक्सको नक्सा लिएर त्यहाँ पुगे। उनले नक्सामात्रै बोकेका थिएनन्, साथमा डोजर पनि लगेका थिए अनि सुरक्षाकर्मी पनि। आधा घण्टाको अन्तरालमा डोजरले अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काइदियो। 

काम फत्ते भएपछि बालेनले सामाजिक सञ्जालमा भने– मैले के बिराएँ। ‘उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ। अब उपरान्त यस्तो गर्न नपरोस्। सबैले आफैं बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनुहोला। नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइ दिनुहोला,’ उनले भनेका छन्।

प्रकाशित: Aug 25, 2022| 16:51 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।