सोमबार, फागुन १८, २०८२

केन्यासँग भिड्न नेपाल तयार [तस्बिरहरू]

पाँच टी २० र तीन एकदिवसीय खेलका लागि केन्या पुगेको नेपाली सियिनर पुरुष क्रिकेट टिमले आजबाट आयोजक देशविरुद्ध खेल्दैछ। नेपालले आज केन्याविरुद्ध पहिलो टी २० खेल्न लागेको हो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं– पाँच टी २० र तीन एकदिवसीय खेलका लागि केन्या पुगेको नेपाली सियिनर पुरुष क्रिकेट टिमले आजबाट आयोजक देशविरुद्ध खेल्दैछ। नेपालले आज केन्याविरुद्ध पहिलो टी २० खेल्न लागेको हो। 

प्रतियोगिताका लागि केन्याले नेपाललाई प्रस्ताव गरेको थियो र यसको लागि सारा खर्च आयोजक देशले नै बेहोर्ने भएको छ। नेपाली टिममा भिसाको समस्या भएपछि नेपाली खेलाडी दुई चरणमा केन्या पुगेका हुन्। ती खेलाडीले आजबाट खेल सुरु गर्ने छन्।

यसअघि नेपाल र केन्याबीच टी २० का खेल भए पनि ती खेल अन्तर्राष्ट्रिय मान्यताप्राप्त थिएनन्। त्यसैले यो नै पहिलो टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको खेल हुन लागेको हो।

नेपालले यसअघि सन् २०१३मा यूएईमा सम्पन्न विश्वकप छनोटमा केन्याविरुद्ध खेलेको थियो। सो खेलमा नेपालले छ विकेटको जित निकाल्दा ज्ञानेन्द्र मल्ल टिमका एक सदस्य थिए। ज्ञानेन्द्र अहिले एक वर्षको ग्यापपछि टिममा फर्किएका छन्। त्यस्तै सन् २०१२ मा भएको खेलमा पनि नेपालले केन्यालाई हराएको थियो। सन् २०१८ मा नेपालले केन्यासँग एकदिवसीय खेल पनि खेलेको थियो। त्यो खेलमा नेपाल तीन विकेटे विजयी भएको थियो।

नेपालले आज केन्याको घरेलु मैदानमा उसैविरुद्ध खेल्दैछ। नेपाल र केन्याका बाँकी टी २० खेल अगस्ट १०, १२, १३ र १४ तारिखमा हुनेछन्। त्यस्तै, नेपालले आउँदो १९ तारिखबाट २० तारिखसम्म तीन एकदिसीय खेल्ने भएको छ।

kumari






प्रकाशित: Aug 25, 2022| 15:01 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।