शनिबार, जेठ २, २०८३

कीर्तिपुरमा पनि अवैध संरचना भत्काइँदै

कीर्तिपुर वडा नं १० को नयाँ बजारमा नक्सा पास नभएको संरचना भत्काइएको हो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

National life

काठमाडौं- कीर्तिपुर नगरपालिकाले अवैध संरचना भत्काउन सुरु गरेको छ। कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले नक्सा पासबिनाका अवैध संरचना भत्काउन थालेका हुन्। 

कीर्तिपुर वडा नं १० को नयाँ बजारमा नक्सा पास नभएको संरचना भत्काइएको हो। 

नक्सा पासबिनै पर्खाल लगाएको भेटिएपछि नगरपालिकाले डोजर लगाएर भत्काएको हो। अवैध संरचना भत्काउने अभियानकै रुपमा नगरपालिकाभित्रका नक्सापासबिना बनेका संरचना हटाउन लाग्ने मेयर नकर्मी बताएका छन्।

प्रकाशित: Aug 25, 2022| 13:42 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।