शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खडेरीका कारण रोपाइँ नभएपछि नरैनापुरमा कोशेबालीको खेती गर्न सुझाव

खडेरीका कारण रोपाइँ नभएपछि नरैनापुरमा कोशेबालीको खेती गर्न सुझाव

गहुँखेती अगावै कोशेबाली सम्भव भएकाले धानखेती नभएको सो स्थानमा त्यस्तो बाली लगाउन सुझाव दिइएको हो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

बाँके- बाँकेको नरैनापुर गाउँपालिकामा खडेरीका कारण रोपाइँ नभएपछि कृषि वैज्ञानिकसहितको टोलीले कोशेबालीको खेती गर्न किसानलाई सुझाव दिएको छ। गहुँखेती अगावै कोशेबाली सम्भव भएकाले धानखेती नभएको सो स्थानमा त्यस्तो बाली लगाउन सुझाव दिइएको हो। 

National life

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालका अनुसार सुक्खा क्षेत्रमा मासखेती गर्न किसानलाई सुझाव दिइएको छ। 'उक्त बालीका लागि चिस्यान मात्रै भए पुग्छ', उनले भने, 'यसबाहेक कोशेबाली खेतीको रुपमा तेलहन बालीअर्थात् तोरी खेती र मकै उत्पादन गरेर त्यसलाई साइलेज बनाउन सकिन्छ।' किसानलाई यसबाहेक नगदे बालीको रुपमा बन्दा गोभी नामक तरकारी खेतीसमेत गर्न सुझाव दिइएको छ। 

'यसबाट किसानले थोरै भए पनि राहत पाउँछन्', ढकालले भने। पानी नपरेपछि किसानले केही ठाँउमा रोपेको अधिकांश धानको बीउ मर्न लागेपछि नरैनापुर गाउँपालिकाले उक्त क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरेको थियो। सो सुक्खा क्षेत्रमा वास्तविक अवस्थाबारे बुझ्न कृषि अनुसन्धान निर्देशनालय, खजुराका कृषि वैज्ञानिक रामदास चौधरी, कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख ढकाल, बागवानी अधिकृत रामप्रसाद यादव र किसान–२, परियोजनाका टुकनारायण अर्यालसहितको टोलीले स्थलगत अवलोकन गरेको थियो। 

बाँकेको उक्त दुर्गम गाउँपालिकामा अधिकांशको जीविकोपार्जन मुख्य आधार खेतीपाती मानिन्छ। नरैनापुरमा चार हजार दुई सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो। यस वर्ष त्यहाँ १५ प्रतिशतमात्रै रोपाइँ भएको छ। रोपाइँ भएकोमध्ये आधाजसो धान पानी नपाएर मर्ने अवस्थामा पुगेको छ। पालिकामा दुई सय ६० हेक्टरमा सिँचाइ हुन्छ तर पानीको स्रोतसमेत सुकेकाले समस्या भएको छ।  -रासस

प्रकाशित: Aug 25, 2022| 09:43 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।