शनिबार, जेठ २, २०८३

बाँकेमा दुई हजार टन जडीबुटी थन्कियो

भारत निर्यात हुन नसकेपछि करिब दुई हजार टन जडीबुटी नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघमै थन्किएको हो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

बाँके- भारतीय प्लान्ट क्वारेन्टाइनको सूची नेपाली जडीबुटी नसमेटिँदा जडीबुटी बाँकेको नेपालगञ्जमै थन्किएको छ। भारत निर्यात हुन नसकेपछि करिब दुई हजार टन जडीबुटी नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघमै थन्किएको हो।

National life

बाँकेमा जडीबुटी सम्बन्धी १२ उद्योग रहेका छन्। कारोबार नहुँदा उक्त जडीबुटी कुहिने अवस्थामा पुगेको व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताए। उनले आफ्नो  एक करोड मूल्यबराबरको उत्पादन थन्किएको जानकारी दिए।

नेपाल जडीबुटी संघ बाँकेले गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको थियो। यस वर्ष हालसम्म दुई हजार टन मात्र जडीबुटी निर्यात भएको छ। नेपालका विभिन्न जिल्लामा संकलन गरिएको ३० प्रकारको जडीबुटी बाँके ल्याउने गरिएको छ।

सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको संघका अध्यक्ष टंकप्रसाद शर्माको आरोप छ। सरकारले जडीबुटी खेतीतर्फ ध्यान दिने हो भने लक्षित वर्गका किसानले रोजगारी पनि पाउने र जडीबुटी पनि आफ्नै देशमा उत्पादन गर्न सकिने उनको भनाइ छ।

भारतीय भन्सारमा निर्यातमा समस्या, भारतको क्वारेन्टाइनमा नेपालका जडीबुटी सूचीकृत नहुनुलगायत कारणले निर्यातमा कमी आएको शर्माले बताए। भारतको प्लान क्वारेन्टाइनसँग समन्वय गरेर नेपालका जडीबुटी भारतको क्वारेन्टाइनमा सूचीकृत गराउन सके निर्यातमा समस्या नहुने उनको भनाइ छ।

जडीबुटी व्यवसायी सकिल अहमद जसगढले सरकारले निर्यातमा समवन्य नगर्दा निर्यातमा समस्या झेल्नुपरेको बताए। ‘धेरै समय मौज्दात राख्दा जडीबुटीको गुणस्तरमा ह्रास आउँछ, मूल्यमा घटबढ हुन्छ’, उनले भने।

बाँकेमा एक सय १२ हेक्टर जमीनमा जडीबुटी खेती गरिएको छ। यसै वर्षदेखि यहाँ कुरिलो खेतीको सुरुआत गरिएको छ। नेपाल जडीबुटी व्यवसायी संघका पूर्वध्यक्ष मोहम्मद याकुव अन्सारीका अनुसार सरकारी नीति फितलो हुँदा जडीबुटी खेती फस्टाउन सकेको छैन।

केन्द्रले जडीबुटी खेतीको संरक्षण र प्रवर्द्धन, जडीबुटीको विकास, वनस्पति संरक्षण एवम् उद्यम विकास, वनस्पति अध्ययन-अनुसन्धान तथा बजारीकरणसम्बन्धी कार्य योजनाअनुसार आफ्नो भूमिकालाई अघि नबढाएको उनको आरोप छ।

प्रकाशित: Aug 25, 2022| 08:07 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।