शनिबार, जेठ २, २०८३

पेट्रोलपम्पका शौचालय प्रयोगबारे महानगरको छलफल

विराटनगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका सञ्चालकलाई बोलाएर महानगरले शौचालय प्रयोगका विषयमा छलफल गरेको हो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

विराटनगर- विराटनगर महानगरपालिकाले पेट्रोलपम्पमा रहेका शौचालयलाई सर्वसाधारणका लागि प्रयोगमा ल्याउने भएको छ। विराटनगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका सञ्चालकलाई बोलाएर महानगरले शौचालय प्रयोगका विषयमा छलफल गरेको हो। 

National life

विराटनगरलाई सफा, सुन्दर, स्वच्छ, हराभरा र व्यवस्थित बनाउने दायित्व महानगरवासीको पनि भएकाले शौचालय प्रयोगका विषयमा सरोकारवालासित छलफल गरिएको मेयर नागेश कोइरालाले बताए। पेट्रोलपम्पका शौचालयलाई सार्वजनिक रुपमै प्रयोग गर्न दिन उनले आग्रहसमेत गरे। उपमेयर शिल्पा निराला कार्कीले पनि पेट्रोलपम्पमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिएबापत महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन्। 

महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले छलफल सकारात्मक भएकाले चाँडै नै यसले मूर्त रुपमा लिने दाबी गरे। महानगरको सामाजिक महाशाखाका प्रमुख पुनम दाहालले सहजीकरण गरेको कार्यक्रममा पेट्रोलियम डिलर्स एसोसिएसनमा आवद्ध व्यवसायीहरूले शौचालय प्रयोग गर्न दिन आफूहरू तयार रहेको बताए। 

महानगर क्षेत्रभित्रका पेट्रोलपम्पमा रहेका शौचालयहरूको अवस्थाको अनुगमन गरी व्यवस्थित बनाउनका लागि महानगर, नेपाल आयल निगम र पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि रहने गरी समिति गठन गरिएको छ। समितिले दिएको सुझावका आधारमा पेट्रोलपम्पमा रहेका शौचालयलाई सर्वसाधारणका लागि कसरी प्रयोग गर्ने भन्ने विषयमा निष्कर्षमा पुगिने  प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए।

प्रकाशित: Aug 25, 2022| 07:27 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।