शनिबार, जेठ २, २०८३

कालिकोटमा चार दिनदेखि विद्युत् अवरुद्ध

विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक, सरकारी कार्यालय, सेवाग्राही र सञ्चारमाध्यमले सास्ती खेप्नुपरेको छ।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

कालीकोट- कालीकोट जिल्लामा चार दिनदेखि विद्युत् अवरुद्ध भएको छ। आइतबारदेखि गएको विद्युत् सेवा आजसम्म आउन सकेको छैन। विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक, सरकारी कार्यालय, सेवाग्राही र सञ्चारमाध्यमले सास्ती खेप्नुपरेको छ। 

National life

दैलेखको आठबिस नगरपालिकाकामा माथिल्लो कर्णाली जलविद्युत् परियोजना निर्माणका लागि कालिका सामुदायिक वन र सल्लेरी सामुदायिक वनमा रुख कटान गर्दा १४ पोलमा क्षति भएकाले विद्युत् सेवा अवरुद्ध भएको कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए। उनले भने, ‘विद्युत् सेवालाई सुचारु गर्न रुखले पुर्‍याएको क्षति र तारमा आएको समस्याले निकै कठिन भइरहेको छ।’

जिल्लामा गत आर्थिक वर्ष दैलेखको दुल्लु हुँदै कालीकोट विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको थियो। विद्युत् सेवा अवरोध हुँदा सबैभन्दा बढी सामुदायिक रेडियोहरु मारमा परेको छ। सामुदायिक रेडियोहरूले आफ्नो प्रसारण समयसमेत कटौती गर्नुपरेको रेडियो नयाँ कर्णालीका स्टेशन म्यानेजर भरतराज विष्टले बताए।

‘वैकल्पिक रूपमा हामीले सौर्य ऊर्जाको प्रयोग गर्दै आएका थियौँ। बर्षातका कारणले घाम नलाग्ने भएकाले त्यो माध्यममा समस्या आएको छ।’ उनले भने, ‘विद्युत् नहुँदा दैनिक १६ घण्टा प्रसारण हुने रेडियोलाई १० घण्टामा सीमित गरेका छौँ।’ विद्युत् सेवा अवरुद्ध हुँदा बैकिङ सेवा र सरकारी कार्यालयमा समस्या सेवा लिन आउने सेवाग्राही पनि मर्कामा परेका छन्।  


प्रकाशित: Aug 25, 2022| 06:25 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।