बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा फेरि बढ्यो कोरोना संक्रमण, २४ घण्टामा ८ हजारभन्दा बढी संक्रमित थपिए

भारतमा फेरि बढ्यो कोरोना संक्रमण, २४ घण्टामा ८ हजारभन्दा बढी संक्रमित थपिए

भारतमा चार करोड ४३ लाख ६८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन्। भारतमा एक दिन अगाडी अर्थात मङ्गलबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा आठ हजार पाँच सय ८६ जनामा सङ्क्रमण देखापरेको थियो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

नयाँ दिल्ली- भारतमा पुनः एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी भएको छ। यहाँ २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म दश हजार छ सय ४९ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ। 

यसैसँगै भारतमा चार करोड ४३ लाख ६८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन्। भारतमा एक दिन अगाडी अर्थात मङ्गलबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा आठ हजार पाँच सय ८६ जनामा सङ्क्रमण देखापरेको थियो।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९६ हजार  चार सय सय ४२ जना रहेका छन्। गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ५२ भन्दा बढीको मृत्यु भएको छ। 

भारतमा हिजो एक दिनमा दश हजार छ सय ७७ जना कोरोना मुक्त भएका छन्। यसैसँगै कूल चार करोड ३७ लाख ४४ हजार तीन सय एक जना कोरोनामुक्त भएका छन्। नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन्। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। 

सो समयबाट हालसम्म दुई अर्ब दश करोड २५ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ। भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६ भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ। यसैबीच पाकिस्तानमा २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म दुई सय ७८ जना कोभिड–१९ नयाँ सङ्क्रमित देखा परेको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ।

kumari

नयाँ सङ्क्रमित थपिएपछि देशभर कुल सङ्क्रमितको सङ्ख्या १५ लाख ६७ हजार एक सय ४७ पुगेको मन्त्रालयले जनाएको छ। कोभिड–१९ शुरु भएबाट हालसम्म सङ्क्रमणको कारण कुल ३० हजार पाँच सय ५९ जनाको मृत्यु भएको छ।


प्रकाशित: Aug 25, 2022| 00:15 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।