बुधबार, मंसिर १२, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकामा आर्थिक संकट कायमै, ३०० भन्दा बढी वस्तुमा आयात प्रतिबन्ध

Siddartha premir insuranceSiddartha premir insurance

श्रीलंकामा आर्थिक संकट कायमै, ३०० भन्दा बढी वस्तुमा आयात प्रतिबन्ध

आर्थिक संकटका कारण सुरू भएको देशब्यापी आन्दोलनको बलमा सो समय देशको नेतृत्व गर्दै आएका राष्ट्रपति गोटावाय राजापाक्षलाई पदच्युत गरिएको थियो। राष्ट्रपतिको कार्यालयलाई प्रदर्शनकारीले घेराउ गर्दै कब्जा गरेपछि उनी सेनाको सहयोगमा माल्दिभ्स हुँदै सिङ्गापुर पुगेर राजिनामा घोषणा गरेका थिए। उनी अहिले थाइल्याण्डमा रहेका छन् भने स्वदेश फर्कन चाहेको जनाइएको छ।
 |  बिहीबार, भदौ ९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

कोलम्बो- श्रीलंकाले आयात प्रतिबन्धलाई कडाइ गर्दै थप ३०० भन्दा बढी वस्तुमा प्रतिबन्ध लगाएको छ।

triton college

आर्थिक संकटका कारण महिनौँदेखि आवश्यक बस्तु तथा सामानमा अभाव सिर्जना हुने गरेको छ। आर्थिक संकटका कारण सुरू भएको देशब्यापी आन्दोलनको बलमा सो समय देशको नेतृत्व गर्दै आएका राष्ट्रपति गोटावाय राजापाक्षलाई पदच्युत गरिएको थियो। राष्ट्रपतिको कार्यालयलाई प्रदर्शनकारीले घेराउ गर्दै कब्जा गरेपछि उनी सेनाको सहयोगमा माल्दिभ्स हुँदै सिङ्गापुर पुगेर राजिनामा घोषणा गरेका थिए। उनी अहिले थाइल्याण्डमा रहेका छन् भने स्वदेश फर्कन चाहेको जनाइएको छ।

गत जुलाईमा राजापाक्षलाई पदबाट हटाएपछि राष्ट्रपति रनिल विक्रमासिङ्घेले विदेशबाट श्रीलंका आयात हुने घरेलु उपकरण र खेल सामग्रीलगायतका सामानमा प्रतिबन्ध लगाएका थिए। दुई करोड २० लाख जनसङ्ख्या भएको दक्षिण एशियाली टापु राष्ट्रले विदेशी मुद्राको अभावका कारण धेरै आवश्यक वस्तुको चरम अभाव झेल्दै आएको छ। केन्द्रीय बैंकले गत साता विदेशी मुद्राको अभाव कम हुँदै गएको घोषणा गरे पनि नयाँ प्रतिबन्ध लगाइएको हो।

यद्यपि, श्रीलंकाको अर्थतन्त्र यस वर्ष अपेक्षा गरिएभन्दा ८.० प्रतिशतले खुम्चिने अनुमान गरिएको छ र सेप्टेम्बरसम्ममा मुद्रास्फीति ६५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ। विदेशी मुद्राको अभावका कारण श्रीलंकाले अप्रिलमा आफ्नो ५१ अर्ब अमेरिकी डलरबराबरको बाह्य ऋणको भार तिर्न असफल भएको थियो।

अन्तर्राष्ट्रिय मुद्रा कोषको एक प्रतिनिधिमण्डलले बुधबार श्रीलंकाका अधिकारीहरूसँग कर्जा सहयोगका लागि वार्ता जारी राख्ने कार्यक्रम  छ। तर श्रीलंकाको सबैभन्दा ठूलो ऋणदातामध्ये चीनले आफ्नो ऋणको पुनर्संरचना गर्न इन्कार गरेमा आईएमएफको सहायतामा ढिलाइ हुन सक्छ। 

Metro Mart
vianet

बेइजिङले विद्यमान ऋणमा कटौती गर्नुको साटो थप ऋण जारी गर्ने आफ्नो प्रस्तावबाट सार्वजनिक रूपमा पछि हटेको छैन। श्रीलंकाका लागि विदेशी मुद्राको प्रमुख स्रोतका रुपमा रहेको विप्रेषण गत वर्षको सोही अवधिको तुलनामा छ महिनामा ५० प्रतिशतले घटेर एक अर्ब ६० करोड अमेरिकी डलरमा झरेको छ।

७३ वर्षीय राजापाक्ष गत जुलाईमा उनको सरकारी निवासमा प्रदर्शनकारीले आक्रमण गरेपछि महिनौँसम्म चलेको विरोध प्रदर्शनपछि उनी भागेर सिङ्गापुर पुगेका थिए। त्यसपछि उनी थाइल्याण्ड उडेका छन् तर उनी स्वदेश फर्कन चाहेको उनको पार्टीले जनाएको छ।

प्रकाशित: Aug 25, 2022| 04:30 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।