बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतीय प्रधानमन्त्री मोदी शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने

भारतीय प्रधानमन्त्री मोदी शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने

जापान सरकारले सेप्टेम्बर २७ मा आबेको राजकीय अन्त्येष्टि गर्ने कार्यक्रम तय गरेको छ। टोकियोको कितानोमारु नेसनल गार्डेनस्थित निप्पोन बुडोकान एरेनामा उक्त समारोह हुनेछ। जापानको क्योदो समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री फुमियो किशिदासँग पनि भेटवार्ता गर्ने बताइएको छ।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने भएका छन्। भारतीय सरकारी स्रोतका अनुसार यो एक दिने भ्रमण हुनेछ। जापान सरकारले सेप्टेम्बर २७ मा आबेको राजकीय अन्त्येष्टि गर्ने कार्यक्रम तय गरेको छ। टोकियोको कितानोमारु नेसनल गार्डेनस्थित निप्पोन बुडोकान एरेनामा उक्त समारोह हुनेछ। जापानको क्योदो समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री फुमियो किशिदासँग पनि भेटवार्ता गर्ने बताइएको छ। 

जापान यस क्षेत्रमा भारतको एक प्रमुख सहयोगी हो, दुबै देशले संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाको साथ व्यापक साझेदारीको ‘क्वाड ढाँचा’मा सहकार्य गरिरहेका छन्। मोदी र आबेबीच उहाँ प्रधानमन्त्री रहँदा र पछि पनि मैत्रीपूर्ण सम्बन्ध कायम रहेको थियो। 

सन् २०१८ मा प्रधानमन्त्री मोदीको जापानको औपचारिक भ्रमणका क्रममा आबेले आफ्ना भारतीय समकक्षीलाई यामानाशी प्रान्तस्थित आफ्नो पारिवारिक घरमा भेटेका थिए। गत मे महिनामा क्वाड शिखर सम्मेलनमा भाग लिन जापान गएका भारतीय प्रधानमन्त्री मोदीले आबेले राजीनामा दिएको करिब दुई वर्षपछि त्यहाँ भेटेवार्ता गरेका थिए। 

जापानी भूतपूर्व प्रधानमन्त्री आबेमाथि जुलाई ८ मा नारा शहरमा चुनावी भाषणका क्रममा आक्रमण भएको थियो। प्रहरीका अनुसार पछाडिबाट गोली लागे लगत्तै उहाँ होश रहेपनि उपचारका लागि स्थानान्तरणका क्रममा उहाँको अवस्था गम्भीर बन्दै गएको थियो। त्यही दिन स्थानीय अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो। 

आबेको हत्यापछि भारतमा एक दिन राष्ट्रिय शोकको घोषणा गरिएको थियो। सेप्टेम्बर २७ मा हुने आबेको अन्त्येष्टि दोस्रो विश्वयुद्धपछि पूर्व प्रधानमन्त्रीका हैसियतमा दोस्रो राजकीय अन्त्येष्टि हुनेछ। 

kumari

यस पहिले सन् १९६७ मा शिगेरु योशिदाका लागि राजकीय अन्त्येष्टि आयोजना गरिएको थियो। 


प्रकाशित: Aug 25, 2022| 05:30 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।