बुधबार, फागुन २०, २०८२

युद्धबीच युक्रेनले मनायो स्वतन्त्रता दिवस

युक्रेनले बुधबार आफ्नो ३१ औं स्वतन्त्रता दिवस मनाएको छ। सन् १९९१ मा युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको घोषणा गरेको सम्झनामा अगष्ट २४ लाई युक्रेनले स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

किभ- युक्रेनले बुधबार आफ्नो ३१ औं स्वतन्त्रता दिवस मनाएको छ। सन् १९९१ मा युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको घोषणा गरेको सम्झनामा अगष्ट २४ लाई युक्रेनले स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ। 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वतन्त्रता दिवस मनाउँदै गर्दा र युद्धको छ महिनाको बिन्दुलाई मनाउँदै गर्दा रूसबाट थप आक्रमण हुनसक्ने भन्दै नागरिकहरूलाई घरबाहिर ठूलो सङ्ख्यामा ननिस्कन आग्रह गरेका छन्। 

राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा विशेष गरी रुसी क्षेप्यास्त्र आक्रमण गर्न सक्ने डरले कीभका अधिकारीहरूले बिहीबारसम्म राजधानीमा ठूलो जमघटमा प्रतिबन्ध लगाएका हुन्। 

यसै सन्दर्भमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले एक विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई भनेका छन्, 'रूसी उक्साहट र निर्मम आक्रमणको सम्भावना छ। कृपया सुरक्षा नियमहरू कडाईका साथ पालन गर्नुहोस्। कृपया कर्फ्यूको पालन गर्नुहोला। एयर साइरनमा ध्यान दिनुहोला। आधिकारिक घोषणाहरूमा ध्यान दिनुहाला। हामी सबैले मिलेर विजय हासिल गर्नुपर्छ।'

आफ्नो पूरा नाम उल्लेख नगर्ने शर्तमा तेत्याना नामकी सेवानिवृत्त एक महिलाले भनिन्, 'युक्रेनमा के भइरहेको छ भनेर मैले जे देख्छु र सुन्छु, त्यसैले म रातमा निदाउन सक्दिनँ। यो युद्ध होइन। यो युक्रेनी जनताको विनाश हो।'

kumari

गत वर्ष युक्रेनी स्वतन्त्रताको ३० औं वर्षगाँठको उपलक्ष्यमा आयोजित सैन्य परेड हेर्न कीभमा भीड जम्मा भएको थियो। यस वर्ष, राजधानीको मध्यभागस्थित एक चोकमा थोरै संख्यामा मात्र बासिन्दाहरू भेला भएर स्वतन्त्रता दिवस मनाए, जहाँ नष्ट भएका रूसी ट्याङ्करहरू र तोपखानाहरू सप्ताहन्तमा प्रदर्शनमा राखिएको छ। उक्त स्थानमा प्रत्येक दिन बिहान ७ बजे राष्ट्रिय गान बजाइन्छ।

प्रकाशित: Aug 24, 2022| 23:50 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।