बुधबार, फागुन २०, २०८२

दक्षिण अफ्रिकामा बेरोजगारी दर ३३.९ प्रतिशत

दक्षिण अफ्रिकाको बेरोजगारी दर यस वर्षको दोस्रो त्रैमासिकमा ३३.९ प्रतिशतमा झरेको छ। यो अघिल्लो त्रैमासिकको ३४.५ प्रतिशतको तुलनामा ०.६ प्रतिशत बिन्दुले कम हो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

कोपनहेगन- दक्षिण अफ्रिकाको बेरोजगारी दर यस वर्षको दोस्रो त्रैमासिकमा ३३.९ प्रतिशतमा झरेको छ। यो अघिल्लो त्रैमासिकको ३४.५ प्रतिशतको तुलनामा ०.६ प्रतिशत बिन्दुले कम हो।  

'यी नतिजाले सन् २०२२ को पहिलो त्रैमासिकदेखि २०२२ को दोस्रो त्रैमासिकको बीचमा छ लाख ४८ हजार रोजगारी सिर्जना भएको देखाउँछ,' तथ्यांकविद्–जनरल रिसेंगा मालुलेकले मङ्गलबार पछिल्लो त्रैमासिक श्रम शक्ति सर्वेक्षणबारे बताए। 

रोजगारीबाट सबैभन्दा धेरै लाभ सामुदायिक र सामाजिक सेवाहरू, व्यापार, वित्त र निर्माण क्षेत्रमा भएको छ। यसको विपरीत, उत्पादन र यातायातले रोजगारी गुमाएको सर्वेक्षणले देखाएको छ। 

यहाँको १५ देखि ३४ वर्ष उमेर समूहका बेरोजगारको सङ्ख्या दोस्रो त्रैमासिकमा ४८ लाख पुगेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा २.० प्रतिशतले बढी हो। वरिष्ठ अर्थशास्त्री डेवी रूटले सिन्ह्वासँग बताएअनुसार महामारीको कारण भएको लकडाउनबाट मुक्त हुँदै गर्दा कम्पनीहरूले नयाँ कर्मचारीको भर्ना गरिरहेका छन्।  

उनले भने, 'विगत दुई वर्षदेखि अर्थतन्त्र ठूलो लकडाउनबाट गुज्रिएको छ। अर्थतन्त्र राम्रो हुँदै गएको छ र कम्पनीहरूले थप मानिसहरूलाई रोजगार दिन थालेका छन्। अवस्था सामान्य अवस्थामा फर्किरहेको छ। आगामी दुई त्रैमासिकमा हामी योभन्दा बढी गर्न सक्छौं तर यसका लागि आर्थिक वृद्धि पाँच प्रतिशतको दरले हुनुपर्छ।'

kumari

प्रकाशित: Aug 25, 2022| 06:00 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।