शनिबार, जेठ २, २०८३

हाइड्रोमा कार्यरत मजदुरको दुई हप्तापछि शव फेला

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा साउन २३ गते खसेर बेपत्ता भएका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–१ का २८ वर्षीय रमेश बस्नेतको शव आज फेला परेको दोलखाको प्रहरी निरीक्षक सानु तामाङले बताए।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

दोलखा- दोलखाको लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा बेपत्ता एक युवकको शव दुई सातापछि फेला परेको छ। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा साउन २३ गते खसेर बेपत्ता भएका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–१ का २८ वर्षीय रमेश बस्नेतको शव आज फेला परेको दोलखाको प्रहरी निरीक्षक सानु तामाङले बताए। 

National life

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनको शव आज जलविद्युत् आयोजनाको ड्याममा फेला परेको थियो। 

यसअघि काठमाडौंबाट आएको गोताखोरसहितको टोलीले खोजी गर्दा शव फेला पर्न सकेको थिएन। सुरक्षाकर्मीको टोलीले विज्ञसहित निरन्तर खोजी गरिरहेको थियो। लामो समयसम्म पनि शव फेला नपरेपछि जलविद्युत् आयोजना र पीडितपक्षका बीचमा सहमति भइसकेको छ। 

मृतक लामाबगरस्थित दुगड हाइड्रो पावरको स्काभेटर मर्मत गरी डुंगामा फर्किने क्रममा तामाकोसी आयोजनाको बाँधमा खसेर बेपत्ता भएका थिए। फेला परेको शव परीक्षणपछि आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 24, 2022| 23:20 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।