शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ज्यान मुद्दाका कैदी अस्पतालबाटै फरार, कारागार प्रमुखसहित सुरक्षामा खटिएका प्रहरी निलम्बन

ज्यान मुद्दाका कैदी अस्पतालबाटै फरार, कारागार प्रमुखसहित सुरक्षामा खटिएका प्रहरी निलम्बन

उपचारकै क्रममा रहेका बुढाथोकी बुधबार अपरान्ह ४:१० बजेको समयमा अस्पतालबाटै फरार भएको काठमाडौं उपत्यका प्रहरी कार्यालउका प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालले जानकारी दिएका छन्।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

National life

काठमाडौं- ज्यान मुद्दाका कैदीबन्दी उपचारका क्रममा शिक्षण अस्पतालबाटै फरार भएका छन्। रामेछापको पिल्पुङ गाउँपालिका-२ का ३१ वर्षीय भोला बुढाथोकीलाई ज्याम मुद्दामा नेपाल प्रही अनाश्रित गुल्म नख्खु कारागारमा कैदीबन्दी थिए। 

उनलाई उपचारका लागि मंगलबार महाराजगन्जस्थित शिक्षण अस्पतालमा ल्याइएको थियो। उपचारकै क्रममा रहेका बुढाथोकी बुधबार अपरान्ह ४:१० बजेको समयमा अस्पतालबाटै फरार भएको काठमाडौं उपत्यका प्रहरी कार्यालउका प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालले जानकारी दिएका छन्। 

उनका अनुसार उपचारकै क्रममा कैदी फरार भएपछि नख्खु कारागार प्रमुखलाई जिम्मेवारीबाट हटाइएको र कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई बुधबारबाटै निलम्बन गरिएको छ। प्रहरी उपरीक्षक पालकै नेतृत्वमा चार सदस्यी छानबिन समिति पनि गठन गरिएको छ। पालले भने, 'हामीले यस विषयमा आवश्यक छानबिन सुरु गरिसकेका छौं। फरार कैदीबन्दीको खोजी कार्य पनि सुरु भइसकेको छ।' 

प्रकाशित: Aug 24, 2022| 21:43 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।