सोमबार, मंसिर २९, २०८२

४० हजार पियन र लेखापालको व्यथा कसले सुन्ने?

२०२८ सालको शिक्षा ऐनमा विद्यालयका कर्मचारीको सेवासुविधा निजामती कर्मचारीको सरह हुने व्यवस्था थियो। त्यसबेला उनीहरुलाई नेपाल सरकारले नै नियुक्ति दिन्थ्यो। तर, २०३६ सालमा आएर उक्त व्यवस्था उल्टाइयो।
 |  बुधबार, भदौ ८, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बुधबार, भदौ ८, २०७९

काठमाडौं- शिक्षा मन्त्रालय, शिक्षामन्त्री, शिक्षासचिव हुँदै अब अर्थ मन्त्रालय र सरकारका सरोकारवाला अंगविरुद्ध विद्यालयका कर्मचारीहरू एउटै प्रश्न गरिरहेका छन्, 'हामीमाथि अपमान किन?’

National life

करिब ८ दिनदेखि देशभरका विद्यालयका कार्यालय सहयोगी र लेखापाल काठमाडौंमा आन्दोलन लिएर आएका छन्। अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने प्रशासनको केन्द्र सिंहदरवारलाई आफूहरुका व्यथा सुनाउन नजिकै माइतीघर मण्डलामा आइपुगेर भदौको चर्को घामपानी सहेर चर्को स्वरमा उही प्रश्न विद्यालयका कर्मचारी दोहोर्‍याई-तेहर्‍याई सोधिरहेका छन्। 

आन्दोलन अलि पृथक छ। घरी गीत गाउँछन्, घरी गजल–कविता सुनाउँछन्। कलामार्फत आफ्नो व्यथा सुनाएर आन्दोलन गरिरहेका छन् उनीहरु। तर, सुन्ने कसले? जसले सुन्नुपर्ने हो, उसले सुनेको नसुन्यै गरिरहेको छ, समाधानका लागि वार्तासमेतको सुरसार थालेकै छैन राज्यले। त्यसैले आफ्नो आवाजलाई थप सशक्त बनाउन उनीहरुले थप रणनीति बनाइरहेका छन्। 

‘सानातिना बाधा अड्चन गाल्नुपर्छ हामीले
लक्ष्यप्राप्ती तर्फ कदम चाल्नुपर्छ हामीले।।
भदौ ९ गते सबै कर्मचारी आउनुस् काठमाडौमा
शोषकहरुलाई पाता फर्खाइ ‘पाल्नुपर्छ’ हामीले।’

गजलमार्फत नै भदौ ९ मा हुने कार्यक्रमको लागि अपिल गर्दैछन्, लेखापाल बालकृष्ण सापकोटा। सापकोटाका अनुसार ९ गते विशाल आमसभा आयोजना हुनेछ। कम्तिमा १० हजार कर्मचारीको उपस्थितिमा खुलामञ्चमा विरोध कार्यक्रम गर्ने उनीहरुको योजना छ। त्यस्तै, ११ र १२ गते डिजिटल आन्दोलन अर्थात फोन/मेसेजबाट सम्बन्धी निकायको ध्यानाकर्षण गराउने र १२ गतेदेखि १८ गतेसम्म विद्यालय ठप्प पार्ने तयारी आन्दोलनरत कर्मचारीको छ। 

Laxmi sunrise bank
kumari

‘हाम्रो माग चाहीँ के हो भने, दरबन्दी कायम गर्नुपर्‍यो। सेवा सुविधाको ग्यारेन्टी गर्नुपर्‍यो। आजसम्म अन्य शिक्षकको तलब बढिरहँदा सँगै काम गर्ने कार्यालय सहयोगी र कर्मचारीले केही पाएका छैनन्। तलब पनि अति न्यून छ। त्यसैले राज्यले गरेको अपमानविरुद्ध आन्दोलन गरेका हौँ,’ सापकोटाले भने।

प्रकाशित: Aug 24, 2022| 21:54 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्