शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनधिकृत संरचना आफैँ भत्काउनुहोस्, मालिकबाट क्षतिपूर्ति भराउन पहल गर्छौं : बालेन

अनधिकृत संरचना आफैँ भत्काउनुहोस्, मालिकबाट क्षतिपूर्ति भराउन पहल गर्छौं : बालेन

आफूहरुले ३५ दिने सूचना दिएर अनधिकृत संरचना हटाउन सुरु गरेको उल्लेख गर्दै उनले उक्त अवधिमा सम्पर्कमा नआएकोसमेत दाबी गरेका छन्। अनधिकृत संरचनामाथि महानगरको अनुगमनलगायतका गतिविधि सँधै जारी रहने उनको भनाइ छ।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन्द्र साह)ले अनधिकृत संरचना आफैँ हटाउन आग्रह गरेका छन्। बुधबार फेसबुकमा स्टाटस लेख्दै प्रमुख बालेन्द्रले अनधिकृत संरचना भत्काउँदा भएको क्षतिपूर्ति मालिकबाट भराउन महानगरले पहल गर्नेसमेत उल्लेख गरेका छन्। 

National life

आफूहरुले ३५ दिने सूचना दिएर अनधिकृत संरचना हटाउन सुरु गरेको उल्लेख गर्दै उनले उक्त अवधिमा सम्पर्कमा नआएकोसमेत दाबी गरेका छन्। अनधिकृत संरचनामाथि महानगरको अनुगमनलगायतका गतिविधि सँधै जारी रहने उनको भनाइ छ। 

'अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैँले भत्काउनुहोस्,' प्रमुख बालेन्द्रले लेखेका छन्, 'त्यस्ता संरचनाहरु भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्‍याएवापत् हुन सक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्ति गराउने तर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउँन चाहन्छौँ।'

सोमबार बानेश्वर वरपरका अन्डरग्राउन्डका पसल अनुगमन गरी बालेनले अनधिकृत संरचना भत्काइदिएका थिए। बुधबार सुन्धारास्थित काठमाडौं मलमा निर्माण गरिएका अवैध संरचनामा डोजर चलाएको छ। प्रहरीले संरचना भत्काउनुअघि पसल खाली गराएको थियो। न्युरोडको आरबी कम्प्लेक्समा पनि डोजर चलाएको छ। रञ्जना गल्लीमा पनि डोजर चलाएको छ। 

यस्तो छ बालेनको स्टाटस

प्रकाशित: Aug 24, 2022| 20:16 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।