शुक्रबार, असोज १६, २०८३

अभिनेत्री केकी अधिकारी भन्छिन्- मेरो नाम र कागजपत्रको दुरुपयोग गरियो’

अभिनेत्री केकी अधिकारीले आफ्नो नाम र कागजपत्रको दुरुपयोग गरेको समाचारप्रति आपत्ति जनाएकी छन्। ‘तिम्रो नजर’ नामक फिल्म निर्माण गर्ने कार्यमा ‘ब्लु बर्ड एचडी’सँग आफूले कुनै पनि सम्झौता नगरेको बताएकी छन्।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं- अभिनेत्री केकी अधिकारीले आफ्नो नाम र कागजपत्रको दुरुपयोग गरेको समाचारप्रति आपत्ति जनाएकी छन्। ‘तिम्रो नजर’ नामक फिल्म निर्माण गर्ने कार्यमा ‘ब्लु बर्ड एचडी’सँग आफूले कुनै पनि सम्झौता नगरेको बताएकी छन्।

बुधबार केही सञ्चारमाध्यममा नर्वेमा फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि अभिनेत्री केकी अधिकारी र अभिनेता आर्यन सिग्देलले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेश गरेको भन्‍ने समाचार प्रकाशित भएपछि केकीले सामाजिक सञ्जालमार्फत यसको खण्डन गरेकी हुन्। 

आफ्नो कागजपत्र र हस्ताक्षर दुरुपयोग गरेको पाइए कानुनी उपचारमा जाने समेत चेतावनी दिएकी केकीले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘यस किसिमको अवान्छित गतिविधिबारे कुनै पूर्व जानकारी थिएन। साथै मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागजपत्र, हस्ताक्षर र नामको दुरुपयोग गरी गैरकानुनी क्रियाकलाप गरिएको रहेछ भने दोषीउपर कडा कारवाही गर्न सम्बन्धित निकायलाई निवेदन दिन चाहन्छु।’

नर्वेमा फिल्म छायांकन गर्न भारतस्थित नर्वेजियन दूतावासमा पेश गरिएको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलेको थियो।

पर्यटन बोर्डको पत्र नम्बर ३०९ – २०७८-७९ मा जुलाई २० मा दूतावासमा भिसाको लागि आवेदन पेस गरिएको थियो। फिल्म युनिटका १४ जना कलाकारका लागि भिसा आवेदन गरिएको छ। जसमा नायिका केकी अधिकारी, हरिश सिग्देल (आर्यन) लगायत १४ जनाको नाम रहेको थियो।

फिल्मका निर्देशकमा दीपकप्रसाद आचार्य र निर्मातामा रोशन पराजुली नाम थियो। पर्यटन बोर्डले अनुमति नलिएको र नक्कली कागजपत्र भनेपछि दूतावासले भिसा क्यान्सिल गरेको थियो। यसरी आफ्नो कार्यालयको लेटरप्याड र नक्कली हस्ताक्षर प्रयोग भएकाले पर्यटन बोर्डले नेपाल प्रहरीमा उजुरी दिएको थियो।

प्रकाशित: Aug 24, 2022| 17:54 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।