शुक्रबार, असोज १६, २०८३

नुवाकोटमा थपिए ४,५३७ मतदाता

थप भएकासहित नुवाकोटमा कुल मतदाताको संख्या २ लाख ४१,९७१ पुग्यो।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

नुवाकोट–नुवाकोटमा ४,५३७ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको   छ। ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा २ लाख ३७,४३४ मतदाताले मताधिकार प्राप्त गरेका थिए। स्थानीय तह निर्वाचनपछि नयाँका लागि गत १ असारदेखि फोटोसहितको मतदाता नामावली दर्ता सुरु गरिएको थियो । 

आगामी ४ मंसिरमा संघीय र प्रदेशसभा निर्वाचन हुने मिति तोकेपछि मतदाता नामावली संकलन रोकिएको थियो। १ असारदेखि २० साउनसम्म जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय सातबिसे र निर्वाचन कार्यालयमा गरी ४,५३७ ले मतदाताका लागि फोटो खिचाइएको निर्वाचन कार्यालय निर्वाचन अधिकारी जयप्रसाद गौतमले बताए।

थप भएकासहित नुवाकोटमा कुल मतदाताको संख्या २ लाख ४१,९७१ पुगेको निर्वाचन अधिकारी गौतमको भनाइ छ।–रासस

प्रकाशित: Aug 24, 2022| 17:21 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...