सोमबार, चैत २, २०८२

कोभिड अपडेट : ४८७ संक्रमित थपिए, एकजनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा ४८७ जनामा कोरोना पुष्टि भएको हो। 

National life

मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ र २ हजार ३७१ जनाको एन्टीजेन परीक्षण गर्दा २४५ जनामा कोरोना देखिएको छ।

पछिल्लो २४ घण्टाको अवधिमा थप एक संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५२ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ११७, भक्तपुरमा ११ र ललितपुरमा २४ जना संक्रमित थपिएका हुन्।

आज चार हजार १२३ जना होम आइसोलेसनमा र १७५ जना संस्थागत आइसोलेसनमा रहेका छन्। अस्पतालमा उपचाररतमध्ये ५० जना आईसीयू र दुईजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 24, 2022| 17:00 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्