मंगलबार, जेठ २६, २०८३

‘मिस नेसन नेपाल २०२२’ को फिनाले हुँदै, विजेतालाई १ लाख पुरस्कार

आई डु इभेन्टसको आयोजनामा भइरहेको मिस नेसन नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शुक्रबार हुन लागेको छ।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं- आई डु इभेन्टसको आयोजनामा भइरहेको मिस नेसन नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शुक्रबार हुन लागेको छ। प्रतियोगितामा सहभागीहरुलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेस र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ।    

National life

प्रतियोगिताको विभिन्न चरण पार गर्दै र तालिमहरु प्राप्त गरी प्रतियोगिताको फिनालेमा पुगेका प्रतिस्पर्धीहरुले यही भदौ १० गते थापाथलीस्थित ब्लुबर्ड मलमा आफ्नो अन्तिम प्रस्तुति दिने आयोजक ललिता सापकोटाले बताइन्। 

विजेताले मिस नेसन नेपाल २०२२ को ताज साथै नगद रु. १ लाख, विभिन्न फेसन शो र रनवेमा सहभागिता, म्युजिक भिडियो, पत्रपत्रिका तथा म्यागजिनमा फिचर, विज्ञापन आदिमा अवसर प्राप्त गर्नेछन्। 

आयोजकका अनुसार प्रतियोगितामा विभिन्न फेसन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिनेछन्। प्रतियोगिताको निर्णायक मण्डलका रुपमा ध्रुव बुढाथोकी (म्यानहन्ट इन्टरनेसनल २०१७), सन्ध्या शर्मा (मिस नेपाल इन्टरनेसनल २०२२) र सुमित राणा (काष्ठमण्डप टेलिभिजन सञ्चालक) रहने आयोजकले जनाएको छ। प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर सुजित बस्यालले तालिम दिएको आयोजकले जनाएको छ।


प्रकाशित: Aug 24, 2022| 16:48 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।