काठमाडौं– नेपाल प्रहरीले भिजिट भिसामा कुवेत जान लागेका ३९ महिलालाई विमानस्थलबाटै फिर्ता गरेको छ। प्रहरीले बुधबार बिहान जजिरा एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कुवेत जान लागेका ती महिलासँग शंकास्पद कागजात रहेको आशंकामा फिर्ता पठाएको हो।
कुवेत जान लागेका महिलाले साथमा राखेको कागजात मेल नखाएपछि प्रहरीले विमानस्थलको प्रस्थान कक्षकै गेटमा रोकेको थियो। प्रहरीले कुवेत हुँदै दुबई जाने कुरामा आशंका भएपछि सोधपुछ गरेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख पुष्पराज शाहीले बताए।