शनिबार, जेठ २, २०८३

मोटरसाइकलको ठक्करबाट महोत्तरीमा एक जनाको मृत्यु

महोत्तरीको बर्दिबास नगरपालिका-२ हङकङ डाँडामा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

महोत्तरी- महोत्तरीको बर्दिबास नगरपालिका-२ हङकङ डाँडामा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

National life

ज्यान गुमाउनेमा स्थानीय २२ वर्षीय अञ्जन बलमपाकी रहेका छन्। उपचारका क्रममा आज बिहान सवा ८ बजे किष्ट अस्पताल ललितपुरमा उनको मृत्यु भएको हो। 

गएराति सवा १२ बजे औरहीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५७०६ नम्बरको मोटरसाइकल रोकेर शौच गर्दै गरेका बलमपाकीलाई नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको थियो। 

फरार रहेको मोटरसाइकलमा पछाडी सवार महोत्तरीको गौशाला नगरपालिका–१ का २४ वर्षीय अशोक राउतलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। फरार रहेका दुई जनाको भने खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

प्रकाशित: Aug 24, 2022| 12:23 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।