सुनसरी- सुनसरीको रामधुनी नगरपालिका-२ मा मंगलबार बेलुकी म्याजिक भ्यान र स्कुटर ठोक्किँदा तीन जना घाइते भएका छन्।
घाइते हुनेमा स्कुटर चालक रामधुनी नगरपालिका-१ का १८ वर्षीय सिद्धार्थ चौधरी, स्कुटरमा पछाडि सवार १९ वर्षीय प्रशान्त चौधरी र १८ वर्षीय किरण चौधरी रहेका छन्।
घाइते मध्ये किरणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। विराटनगर स्थित न्यूरो अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। को १ ज ३०४३ नम्बरको म्याजिक भ्यान र प्रदेश १–०२–०४८ प २९५३ नम्बरको स्कुटर बुधबार बेलुकी सवा ७ बजे आपसमा ठोकिएका थिए।