शनिबार, जेठ २, २०८३

विराटनगरमा दुई समूहको झडपमा १० जना घाइते

मंगलबार साँझ विराटनगर महानगरपालिका–१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच कुटाकुट भएको प्रहरीले जनाएको छ।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

विराटनगर- विराटनगरमा दुई समूहबीचको झडपमा दश जना घाइते भएका छन्। मंगलबार साँझ विराटनगर महानगरपालिका–१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच कुटाकुट भएको प्रहरीले जनाएको छ। पुरानो रिसईबीलाई लिएर दोहोरो झडप भएको थियो।

National life

दोहोरो कुटाकुटमा राजवंशीतर्फका अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी र राजकुमार, दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ। 

घाइतेको कोसी अस्पताल र न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

पुरानो रिसईबीलाई लिएर दुई पक्षबीचको विवाद झडपमा परिणत भएको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई नियन्त्रणमा अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी  दिए।

प्रकाशित: Aug 24, 2022| 10:41 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।