काठमाडौं- बलिउड महानायक अमिताभ बच्चन पुन: कोरोना संक्रमण भएको छ। बच्चनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू संक्रमित भएको बताएका छन्।
उनले पछिल्लो केही दिनमा आफूलाई भेटेका मानिसहरूलाई कोविड परीक्षण गराउन आग्रह गरेका छन्। तर, अभिनेता बाहेक उनको परिवारका अन्य सदस्यमा कोरोना संक्रमण देखिएको छैन।
अमिताभ बच्चनले आफ्नो ट्विटमा लेखेका छन्, ‘मैले भर्खरै कोभिड पोजिटिभ टेस्ट गरेको छु। मेरो वरिपरि रहेका सबै मानिसहरू र मेरो सम्पर्कमा रहेकाहरूले कोरोना परीक्षण गराउनुहोस्।'
यसअघि सन् २०२० मा अमिताभ बच्चनलाई पनि कोरोना संक्रमण भएको थियो।