शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शारदाप्रसाद अधिकारीको शैलुङसहित १० निर्माण कम्पनी कालोसूचीमा

शारदाप्रसाद अधिकारीको शैलुङसहित १० निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार एक सूचना जारी गर्दै खरिद सम्झौताविपरित ठेक्का अलपत्र पारेको भन्दै शैलुङलाई तीन वर्षका लागि कालो सूचीमा राखेको हो।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं- सरकारले शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई कालो सूचीमा राखेको छ। 

सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार एक सूचना जारी गर्दै खरिद सम्झौताविपरित ठेक्का अलपत्र पारेको भन्दै शैलुङलाई तीन वर्षका लागि कालो सूचीमा राखेको हो।

सडक सुधार तथा विकास आयोजना निर्देशनालय, भक्तपुर–नगरकोट कोट–सिपाघाट, बालाजु, त्रिशूली/छहरे–विदुर सडक योजना, बत्तीस पुतली, काठमाडौंको सिफारिसमा शैलुङलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। 

२०७१ जेठ २२ मा गरिएको सम्झौताअनुसार ०७३ असार ३ सम्म सडक निर्माण सकिनुपर्ने १७.१० किमी सडक भारतको ठेकेदार कम्पनी आराभाली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र सैलुङ कन्स्ट्रक्सनको संयुक्त ठेक्का भए पनि कामको जिम्मा शैलुङले लिएको थियो। भारतीय एक्जिम बैङ्कको ऋण सहयोगमा ठेक्का भएकोमा ८ वर्ष वित्दा पनि ५४ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

शारदा प्रसाद अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ‘घरभेटी’ हुन्। उक्त कम्पनी अहिले शारदाप्रसादका छोरा अनुप अधिकारीको नाममा सारिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङसहित १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको सार्वजनिक सूचना प्रकाशन गरेको छ।

दुई चिनियाँ निर्माण कम्पनीलाई पनि कालोसूचीमा राखेको छ। नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा कार्यालयले चोङदिङ इन्टरनेसनल इन्जिनियरिङ कम्पनी लिमिटेड र चाङकिङ वाङपियान इलेक्ट्रिक ग्रुप कर्पोरेसन लिमिटेडलाई कालो सूचीमा राखिएको हो। दुवै कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ।



प्रकाशित: Aug 24, 2022| 08:41 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।