शनिबार, जेठ २, २०८३

कुवेतमा दुई नेपाली कामदारको मृत्यु

वैदेशिक रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली युवाको मृत्यु भएको छ। काम गर्ने क्रममा रुकुम चौखाबाङ-४ का राहदानी नम्बर १०५२१९२६ भएका ३३ वर्षीय प्रेम बहादुर खड्काको स्क्याफोल्डीङबाट खसेर घटनास्थलमै मृत्यु भएको हो।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

दोहा- वैदेशिक रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली युवाको मृत्यु भएको छ। काम गर्ने क्रममा रुकुम चौखाबाङ-४ का राहदानी नम्बर १०५२१९२६ भएका ३३ वर्षीय प्रेम बहादुर खड्काको स्क्याफोल्डीङबाट खसेर घटनास्थलमै मृत्यु भएको हो।

National life

मृतक खड्का कुवेतको अल सागर कम्पनीमा करिब तीन वर्ष अघि पुगेको भए पनि पछिल्लो एक वर्षदेखि पुरानो कम्पनीबाट भागेर अर्को युइसीसी कम्पनीमा अवैधानिक तरिकाले काम गर्दै आएका थिए।

गत १४ अगष्टमा काम सुरु हुने बित्तिकै स्क्याफोल्डिङबाट खसेर उनको मृत्यु भएको हो। मृतकको शव फरेन्सिक डिपार्टमा रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।

यसैगरी, कुवेतमा बारा सिमरा घर भएका जीवन लामाको पनि मृत्यु भएको छ। लामाको हिजो मंगलबार कुवेतको आदान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

लामाको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासले पाएको भन्दै उनको शव पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ। 

२०१७ मा कुवेत पुगेका मृतक लामा पनि आफू कार्यरत कम्पनी छाडेर अवैधानिक तरिकाले अन्य कम्पनीमा कार्यरत रहेको बताइएको छ।

प्रकाशित: Aug 24, 2022| 07:20 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।