शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा डेङ्गुका बिरामी बढे, यसबाट कसरी जोगिने?

काठमाडौं उपत्यकामा डेङ्गुका बिरामी बढे, यसबाट कसरी जोगिने?

काठमाडौं उपत्यकामा पछिल्लो समय डेङ्गुका बिरामी बढ्न थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत जेठ महिनादेखि फाट्टफुट्ट रूपमा डेङ्गु संक्रमित फेला पर्नेगरेकोमा पछिल्ला दिनमा संक्रमण बढ्दै गएको हो।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो समय डेङ्गुका बिरामी बढ्न थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत जेठ महिनादेखि फाट्टफुट्ट रूपमा डेङ्गु संक्रमित फेला पर्नेगरेकोमा पछिल्ला दिनमा संक्रमण बढ्दै गएको हो।

National life

विगतका वर्षमा उपत्यकाबाहिर बढी गर्मी हुने जिल्लामा डेङ्गुको प्रकोप बढ्ने गरेकोमा यस पटक काठमाडौं उपत्यकामै प्रकोप बढेको हो। मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत तीन महिनादेखि हालसम्म देशभर एक हजार ९२३ जनामा डेङ्गु पुष्टि भइसकेको छ। उक्त सङ्ख्यामा सबैभन्दा बढी केस उपत्यकामा रहेको छ। 

महाशाखाका अनुसार उपत्यकाको ललितपुरमा सबैभन्दा धेरै डेङ्गु संक्रमित रहेका छन्। ललितपुरमा मात्रै ५२९ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा हालसम्म २१९ जनामा डेङ्गु पुष्टि भएको छ। सबैभन्दा बढी डेङ्गु फैलिएको १० जिल्लामा रुपन्देही ३०७, तेह्रथुम ६०, सिन्धुली ५७, धादिङ ७०, सङ्खुवासभा ४६, अर्घाखाँची ४२, पाल्पा ३८ र गुल्मी ३६ जना रहेका छन्। 

भक्तपुरमा पनि ३५ जनामा डेङ्गु फैलिसकेको छ। हालसम्म ६७ जिल्लाबाट डेङ्गुको केस रिपोर्ट भएको महाशाखाले जनाएको छ।

हाल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रिपोर्ट भएका एक हजार ९२३ केसमध्ये अधिकांश अस्पतालमा भर्ना भएका डेङ्गु सङ्क्रमित व्यक्ति र डेङ्गु पुष्टि भइसकेपछि अस्पतालमा आएर ओपीडीमा परीक्षण गराएका व्यक्ति हुन्। 

रोक प्रतिरोधात्मक क्षेमता भएका व्यक्तिमा लक्षण नदेखिने भएकाले अझै डेङ्गुका बिरामी धेरै हुन सक्ने महाशाखाले जनाएको छ। कात्तिक महिनासम्म डेङ्गुका बिरामी बढ्ने जोखिम हुन्छ।

डेङ्गु रोग लामखुट्टेले सार्न सक्ने हुँदा लामखुट्टेका लार्भा हुर्कन सक्ने स्थान सफा राख्न मन्त्रालयले आग्रह गरेको छ। 

डेङ्गु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो। डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ।

यसले ससाना पानी जमेका स्थानमा फुल पार्ने गर्छ। खासगरी वर्षाको पानी, जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्र वा मट्टीतेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्छ। सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ। 

डेङ्गु एडिस एजिप्टाई र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइसल सङ्क्रमण हो। यो भाइरस डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ गरी चार प्रकारका हुन्छन्। एडिज लामखुट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्ला पनि देखिन्छ। यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ। डेङ्गु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

यसका प्रमुख लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हेन, मांसपेशी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन्। यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्छ।

प्रकाशित: Aug 24, 2022| 07:04 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।