बुधबार, फागुन २०, २०८२

पाकिस्तानका प्रधानमन्त्री कतार जाँदै

पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले कतारको औपचारिक भ्रमण गर्ने भएका छन्। दुई देशको सम्बन्ध सुधार र सहकार्य वृद्धिका लागि उनले भ्रमण गर्न लागेको अधिकारीहरूले जनाएका छन्।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले कतारको औपचारिक भ्रमण गर्ने भएका छन्। दुई देशको सम्बन्ध सुधार र सहकार्य वृद्धिका लागि उनले भ्रमण गर्न लागेको अधिकारीहरूले जनाएका छन्।

'कतारबाट अमिर शेख तमिम बिन हमाद अल थानीको निमन्त्रणामा म त्यस तर्फ जान लागेको हुँ, दुई देशको सम्बन्ध र सहकार्यसँगै हाम्रो मित्रता र भाइचारा बढाउन भ्रमण फलदायी हुने आशा गरेको छु,' प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल टि्वटरमा लेखेका छन्। 

रणनीतिक र ऐतिहासिक सम्बन्धलाई नवीकरण गर्नका लागि भ्रमणलाई उपयोग गर्ने दुवै पक्षको योजना छ ।

भ्रमणका क्रममा उनले कतारका उच्च राजनीतिक अधिकारी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटवार्ता गर्नेछन्। 

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण टोलीमा पाकिस्तानी मन्त्रिपरिषद्का मुख्य मुख्य सदस्यहरूसँग उच्च सरकारी अधिकारीहरू सहभागी हुनेछन्।

kumari

उनले नविकरणीय उर्जा, खाद्य सुरक्षा, औद्योगिक तथा भौतिक संरचनाहरूको निर्माण, पर्यटन, सर्वपक्षीय विकास लगायतका क्षेत्रमा कतारी पक्षको लगानी पाकिस्तान ल्याउन प्रयत्न गर्नेछन्।

प्रकाशित: Aug 24, 2022| 05:00 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।