शनिबार, जेठ २, २०८३

मनाङमा सूचना विभागको घुम्ती शिविर

विभागले नेपाल पत्रकार महासंघ मनाङ शाखाको सहकार्यमा हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा दुई दिने घुम्ती शिविर गरेको हो।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं- हिमाली जिल्ला मनाङमा पहिलो पटक नेपाल सरकार सूचना तथा प्रसारण विभागले घुम्ती शिविर सञ्चालन गरेको छ। विभागले नेपाल पत्रकार महासङ्घ मनाङ शाखाको सहकार्यमा हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा दुई दिने घुम्ती शिविर गरेको हो। 

National life

घुम्ती शिविरमार्फत सञ्चारकर्मीको क्षमता अभिवृद्धि गराउने उद्देश्यले विभागको टोलीले मनाङ पुगी तालिम सञ्चालन गरेको हो। शिविरमा पत्रकारलाई नयाँ परिचयपत्र तथा अनलाइन मिडियाको दर्ता र नवीकरण सेवासमेत दिइएको सूचना विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।

जिल्लाका पत्रकारका लागि पत्रकार क्षमता अभिवृद्धि तालिम गर्ने विभागले उल्लेख गरेको छ। दुवै कार्यक्रमका लागि सूचना विभागका महानिर्देशक गोगनबहादुर हमाल, प्रशिक्षक पत्रकार तुलाराज अधिकारी र विभागका शाखा अधिकृत वसन्तबहादुर खत्रीलगायतका प्राविधिक टोली आइतबार मनाङ आइपुगेको हो।

टोलीले राज्यले सञ्चारकर्मीहरुको सेवा सुविधाका लागि विभिन्न कार्यक्रममार्फत सहजरूपमा पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा शिविर सञ्चालन गरिएको हमालले बताए। उनका अनुसार दुर्गम क्षेत्रमा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालिममा जिल्लामा कार्यरत पत्रकारको सहभागिता रहेको छ। 

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले दुर्गम क्षेत्रलाई प्राथमिकता दिएर पुनर्ताजगी दिने कार्यले प्रोत्साहित भएको महसुस गरेको बताए। 'ग्रामीण क्षेत्रमा सङ्घर्ष गरेर जीविका चलाउँदै आएका पत्रकारलाई विभागले घुम्ती शिविर राखेर सहज बनाएको छ। प्रोत्साहन पनि मिलेको छ,' आचार्यले भने।

पत्रकार तुलाराज अधिकारीले तालिमको सहजीकरण गरेका थिए। पत्रकारका लागि घुम्ती शिविर सोमबार र मंगलबार सञ्चालन गरिएको छ। पत्रकारको क्षमता विकास तालिम बुधबारसम्म सञ्चालन हुने नेपाल पत्रकार महासङ्घ मनाङका अध्यक्ष नवीन लामिछानेले बताए।

प्रकाशित: Aug 24, 2022| 01:00 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।