शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्रीको ‘सुरक्षा समूह’मा रहेका कार्कीमाथि अनुसन्धान

गृहमन्त्रीको ‘सुरक्षा समूह’मा रहेका कार्कीमाथि अनुसन्धान

नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टंक कार्कीमाथि अनुसन्धान थालिएको स्पष्ट पारेको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टंक कार्कीमाथि अनुसन्धान थालिएको स्पष्ट पारेको छ। 

National life

केही दिनदेखि छापा तथा अनलाइनमा ‘सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पीएसओ टंक कार्कीको संलग्नता’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले उक्त विषयमा छानबिन तथा अनुसन्धान भइरहेको जनाएको हो।  

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले मंगलबार एक विज्ञप्ति जारी गरी कार्कीलाई प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखामा झिकाई  छानबिन तथा अनुसन्धान भइरहेको जनाएका छन्। 

'छानबिन तथा अनुसन्धानपश्चात् उनी दोषी देखिए कानूनबमोजिम कारबाही गर्ने व्यहोरासमेत अनुरोध गर्दछु,' राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: Aug 23, 2022| 21:45 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।