शुक्रबार, असोज ९, २०८३

भोलिदेखि खुल्दैछ खप्तड लघुवित्तको आईपीओ

खप्तड लघुवित्तले भदौ ८ गते (भोलि)देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्दैछ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- खप्तड लघुवित्तले भदौ ८ गते (भोलि)देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्दैछ। कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। 

१ लाख ३२ हजार कित्ता साधारण सेयर निष्काशन हुँदा ५ प्रतिशत (६ हजार ६ सय कित्ता) सामूहिक लगानी कोष र ०.५ प्रतिशत (२ हजार कित्ता) सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १ लाख २३ हजार ४ सय कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो। 

भदौ १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीमा लगानीकर्ताले यसमा न्यूनतम १० कित्ता आवेदन गर्न पाउँछन्। आईपीओ बिक्रीका लागि प्रभु क्यापिटल प्रबन्धक छ।

क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले खप्तड लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङडबल बी माइनस’ प्रदान गरेको छ। यसको अर्थ कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको भन्ने हुन्छ। 

प्रकाशित: Aug 23, 2022| 20:39 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्