मंगलबार, वैशाख २९, २०८३

मंगलबार थपिए ६३४ कोरोना संक्रमित

मंगलबार थपिएकासँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४,२२१ पुगेको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

National life

काठमाडौं– पछिल्लो २४ घन्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार यो अवधिमा कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ। मन्त्रालयका अनुसार ४,९४९ को परीक्षण गर्दा ६३४ जनामा संक्रमण पुष्टि भएको हो।

२,७५७ को पीसीआर परीक्षण गर्दा ३४३ र २,१९२ को एन्टीजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

मंगलबार थपिएकासँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४,२२१ पुगेको छ। पछिल्लो २४ घन्टामा ४१७ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: Aug 23, 2022| 16:13 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्