सोमबार, चैत २, २०८२

नेपाअसको आयोजनामा अष्ट्रेलिया इमिग्रेसनसम्बन्धी सेमिनार

१७ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा सञ्चालित नेपाअस एण्ड कम्पनी इमिग्रेसन सर्भिसेस तथा स्टडी इन ग्लोबलले अष्ट्रेलियामा शिक्षा तथा स्थायी बसोबाससम्बन्धी सेमिनार आयोजना गरेको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– १७ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा सञ्चालित नेपाअस एण्ड कम्पनी इमिग्रेसन सर्भिसेस तथा स्टडी इन ग्लोबलले अष्ट्रेलियामा शिक्षा तथा स्थायी बसोबाससम्बन्धी सेमिनार आयोजना गरेको छ।

लामो समयदेखि सामाजिक सेवामा पनि विभिन्न माध्यमबाट सक्रिय यस संस्थाले कार्यक्रमको शुभारम्भमा विभिन्न संस्थालाई आर्थिक सहयोग तथा सम्मान पनि गरेको थियो। आमाको घरलाई रु. १५०००, सिद्धाश्रम शक्ति केन्द्रलाई रु. १५००० र त्रिवेणीधाम आरती सेवा समूहलाई रु. १५००० सहयोग गरिएको हो।

संस्थाका संस्थापक ईन्द्रप्रभा श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेकी थिइन्। कार्यक्रममा अस्ट्रेलियाको सिड्नीमा सेवारत रजिष्टर माइग्रेसन एजेन्ट राजेश श्रेष्ठले अस्ट्रेलियाको बसोबासका सम्बन्धमा विभिन्न नियम तथा भिसासम्बन्धी प्रस्तुति दिएका थिए। 

प्रकाशित: Aug 23, 2022| 16:13 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्