शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीको वादी बस्तीमा बाँडियो १३० भूमिहीन दलितलाई लालपुर्जा

कैलालीको वादी बस्तीमा बाँडियो १३० भूमिहीन दलितलाई लालपुर्जा

नदी उकासदेखि बाँझा जमिनको समुचित प्रयोग गरी कृषि उत्पादन बढाएर देशभित्रै रोजगारी सिर्जना गर्न सरकारले योजना बनाएर काम थालेको मन्त्री श्रेष्ठको दाबी।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरी कृषि उत्पादन एवं उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम थालेको बताएकी छन्। कैलालाको लम्कीचुहा नगरपालिका वडा–३ को वादी बस्तीमा १३० भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएकी हुन्

नदी उकासदेखि बाँझा जमिनको समुचित प्रयोग गरी कृषि उत्पादन बढाएर देशभित्रै रोजगारी सिर्जना गर्न सरकारले योजना बनाएर काम सुरु गरेको उनको भनाइ छ।मन्त्री श्रेष्ठले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको हक अधिकार स्थापित गर्र्न भूमिहीनलाई भूमि वितरणको काम गरिरहेको जानकारी दिइन्। 

मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरुवाचरुवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदनअनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुनस्र्थापनाका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको बताइन्।

लालपुर्जा वितरणलाई अभियानको रूपमा अगाडि बढाइएको र हालसम्म गाउँब्लकमा ५० हजार बढी भूमिहीनलाई पुर्जा वितरण गरेर जग्गाको मालिक बनाइएको उनले सुनाइन्। श्रेष्ठले यही वर्षभित्र ३०० पालिकाका ५ लाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने र २ वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ। 

उनले २०४९ अगाडि विभिन्न साझा संस्थामा किसानले मल लिन धितो राखेको जग्गा लिलामी हुने अवस्थामा रहेकाले उनीहरुको ऋण मोचन गरिने बताइन्।

प्रकाशित: Aug 23, 2022| 15:29 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।