शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इन्भेष्टमेण्ट बैंकद्वारा पुन:निर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण

इन्भेष्टमेण्ट बैंकद्वारा पुन:निर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जिवनराम श्रेष्ठले पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन गरेका छन् ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जिवनराम श्रेष्ठले पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन गरेका छन् ।  उक्त समारोहमा नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा कोषका उच्च पदस्थ अधिकारी/कर्मचारीको उपस्थिति रहेको थियो ।

National life

धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, तामा/पित्तल/ ढलौटका मूर्तिहरु, ढुंगाका मूर्तिहरु (प्रस्तरकला), संस्कृति झल्काउने भेषभुषा, गरगहना, मुकुण्डो एवम् पुरातात्विक महत्वका छैठौं शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला, मूर्तिकला, लिच्छबिकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तकहरु, प्राचिन मुद्राहरु लगायतका सामग्रीहरु संग्रहालयको मुख्य आकर्षण रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण पशुपति महास्नानन र भवनलाई पुनर्निर्माण गरी ‘पाशुपत क्षेत्र’ मा छरिएर रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सामग्रीहरुलाई एकै स्थानमा संकलन, अभिलेखीकरण र प्रस्तुतीकरण गरी संग्रहालयको रुपमा विकास गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

पुननिर्माण पश्चात् बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ । बैंकले पशुपति संग्रहालय महास्थान घर परियोजनामा ५ करोड १४ लाख तथा पाशुपति क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोड भन्दा बढी सहयोग गरेको जनाएको छ ।

बैंकले आफ्नो स्थापना कालदेखि नै कला, संस्कृति, एवम् खेलकुदको संरक्षण तथा प्रवर्धनका लागि सधै सहकार्य गर्दै आएको जनाएको छ ।

प्रकाशित: Aug 23, 2022| 13:47 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।