शनिबार, जेठ २, २०८३

बिमाको लालचमा चालकले नै टिपरमा आगो लगाएपछि…

दाङको घोराहीमा नेकपा विप्लवसहितका चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपेर चालक र सहचालक आफैँले चलाउँदै आएको टिपरमा आगो लगाएका छन्।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

दाङ- दाङको घोराहीमा नेकपा विप्लवसहितका चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपेर चालक र सहचालक आफैँले चलाउँदै आएको टिपरमा आगो लगाएका छन्।

National life

बिमा रकम असुल्न चालक आफैँले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजनी गरिएको गौतमको भनाइ छ।

प्रहरीले चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका छोपी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिएको थियो।

घोराही लमही सडकखण्डको बबई खोला पुलमा रा१ख १६९४ नम्बरको टिपरमा उनीहरूले आगो लगाएका थिए।

प्रकाशित: Aug 23, 2022| 13:45 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।