बुधबार, फागुन २०, २०८२

सुडानमा बाढीबाट ८३ जनाको मृत्यु

प्राप्त समाचारअनुसार यहाँ सोमबार रातिसम्म कम्तीमा पनि ८३ जनाको ज्यान गएको हो।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

खार्तुम- सुडानमा अविरल वर्षा र बाढीबाट कम्तीमा पनि ८३ जनाको ज्यान गएको छ। प्राप्त समाचारअनुसार यहाँ सोमबार रातिसम्म कम्तीमा पनि ८३ जनाको ज्यान गएको हो।

यहाँका बाढी प्रभावित प्रान्त तथा क्षेत्रहरुका १८ हजार घर बगाएको बताइएको छ। त्यसैगरी यहाँका कम्तीमा पनि २५ हजार घरमा बस्न नहुनेगरी क्षति पुगेको पनि बताइएको छ।

यहाँका केही व्यक्ति हराएका छन् भने एक लाख ३६ हजारजना भन्दा बढी व्यक्ति बाढीबाट प्रभावित भएर अन्यत्रै सारिएको छ। यहाँका मौसमसम्बन्धी अधिकारीहरुले सन् १९४६ पछि पहिलोपटक सुडानमका नदीहरुमा पानीको सतह धेरै बढेको जनाएका छन्।

बाढीका कारण यहाँका कम्तीमा ६ ओटा राज्यमा आपतकाल घोषणा पनि गरिएको छ। अत्यधिक वर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएको यहाँको ‘नेसनल काउन्सिल फर सिभिल डिफेन्स’ले जनाएको छ। बाढीको बढी प्रभाव रहेका विभिन्न ६ राज्यमा सुडानको मन्त्रिपरिषदले आपतकालको घोषणा गरेको सोमबार जनाइएको हो।​

नेसनल काउन्सिल फर सिभिल डिफेन्सका अनुसार यहाँका रिभर नाइल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा बाढीको बढी प्रभाव देखिएको छ। बाढीको प्रभाव बढी भएका यी राज्यहरुमा सरकारले आपतकाल घोषणा गरेको हो।

kumari

प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु परिचालन गरिएको र आवश्यक सहयोगको प्रबन्ध गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। बाढी पहिरो पीडितहरुलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरुलाई अनुरोध गरेको छ। स्वदेशी तथा विदेशी सहयोग सङ्कलनका लागि सरकारले एक अलग्गै बैंक खाता खोल्ने निर्णय गरेको छ।   -सिन्ह्वा


प्रकाशित: Aug 23, 2022| 13:06 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।