बैतडी- बैतडीका दुई ठाउँमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
मंगलबार बिहानै जिल्लाको सतबाझ–गोकुलेश्वर सडकखण्डअन्तर्गत सुर्नया गाउँपालिका जाने गेट र भण्डारी आयल स्टोर नजिकै सडक किनारमा शंकास्पद वस्तु भेटिएको थियो। उक्त वस्तुलाई जिल्लामा रहेको नेपाली सेनाको हनुमानध्वज गुल्मको टोलीले डिस्पोज गरेको हो।
तारले प्रेसर कुकर र प्लास्टिकको पोकाभित्र बाँधेर दुई ठाउँमा शंकास्पद वस्तु राखिएको थियो।