शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थानीयलाई कीर्तिपुर अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत छुट

स्थानीयलाई कीर्तिपुर अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत छुट

नगरपालिका सामुदायिक कलेजमा अध्ययन गर्ने स्नातक तहका विद्यार्थीलाई लक्षित गरी एक घर एक स्नातक कार्यक्रम थालनी।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं– कीर्तिपुर नगरपालिकाले स्वास्थ्य र शिक्षामा नगरबासीलाई विशेष छुट दिने भएको छ। नगरपालिकाले कीर्तिपुर अस्पतालमा उपचार गराउने स्थानीयलाई उपचारमा ५० प्रतिशत छुट र सामुदायिक कलेजमा स्नातक तहका विद्यार्थीलाई शतप्रतिशत छुट व्यवस्था गरेको हो।

National life

यसका लागि नगरपालिकाले अस्पताल र कलेजसँग सम्झौता गरेको छ। नगरपालिकाले नगरबासी बिरामीको उपचार गरेबापत अस्पताल व्यवस्थापनका लागि आर्थिक वर्ष २०७९/८० मा ८० लाख रुपैयाँ बजेट दिनेछ। यसको ५० प्रतिशत अहिले नै उपलब्ध गराउने सम्झौता भएको छ।

नगरपालिकाका अनुसार अस्पतालमा वार्ड, परामर्श, इमर्जेन्सी, ल्याब, फिजियोथेरापी, डेन्टल सेवामा ५० प्रतिशत छुट हुनेछ। क्याबिन, आईसीयू, सिटी स्क्यान, अल्ट्रासाउन्डमा २५ प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट हुनेछ।

भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले आवश्यकताअनुसार सहयोग उपलब्ध गराउन सक्ने सम्झौतामा उल्लेख छ। अस्पतालले बिरामीको उपचारका लागि प्रतिव्यक्ति अधिकतम ६० हजार रुपैयाँ वहन गर्ने र सोभन्दा बढी खर्च भए अस्पतालको दोस्रो पक्ष, जनस्वास्थ्य सरोकार ट्रस्ट नेपालले क्याबिनमा बाहेक २५ प्रतिशत छुट दिने सम्झौता भएको छ। 

यसका लागि नगरपालिकाले उपलब्ध गराएको उपचार सहुलियत कार्ड पेस गर्नुपर्नेछ। उक्त कार्डको प्रयोग गरी काठमाडौं मोडल अस्पतालबाट पनि २५ प्रतिशत छुट लिन सकिने नगरपालिकाले बताएको छ। नगरपालिकाले एक घर एक स्नातक कार्यक्रम पनि सुरु गरेको छ। नगरपालिकाले यसका लागि  मंगल बहुमुखी क्याम्पससँग सम्झौता गरेको छ। 

स्थानीय विद्यार्थीले कलेजमा भुक्तानी गर्नुपर्ने मासिक पढाइ शुल्कमध्ये ६० प्रतिशत नगरपालिकाले बेहोर्ने र बाँकी ४० प्रतिशत कलेजले छात्रवृत्ति उपलब्ध गराई निःशुल्क शिक्षा उपलब्ध गराउने सम्झौता भएको हो। आर्थिक वर्षबाट स्नातक प्रथम वर्षबाट छात्रवृत्ति कार्यक्रम सुरु हुने र चौथौ वर्षसम्म निरन्तरता दिइने सम्झौतामा उल्लेख छ।

प्रकाशित: Aug 23, 2022| 10:52 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।