शनिबार, जेठ २, २०८३

मेलाम्ची बाढी प्रभावितलाई अझै सास्ती

मेलम्ची र इन्द्रावतीमा गत वर्ष असार १ गते र साउन १६ गते आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, खेतीयोग्य जमिन, पुलपुलेसा, सडक, विद्युत्लगायत विभिन्न संरचनामा क्षति पुग्यो। यसले गर्दा खोला वारपार गर्न अहिले यस भेगका नागरिकलाई ठूलो समस्या छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

सिन्धुपाल्चोक- मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुनसकेको छैन। यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले सास्ती खेप्न बाध्य छन्।

National life

मेलम्ची र इन्द्रावतीमा गत वर्ष असार १ गते र साउन १६ गते आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, खेतीयोग्य जमिन, पुलपुलेसा, सडक, विद्युत्लगायत विभिन्न संरचनामा क्षति पुग्यो। यसले गर्दा खोला वारपार गर्न अहिले यस भेगका नागरिकलाई ठूलो समस्या छ।

बाढी आएको यतिका समय बितिसक्दासमेत दिगो हिसाबले कुनै पनि काम नहुँदा गुनासो गर्छन् मेलम्चीका तारा बानियाँ। पुल नहुँदा गर्भवती, बिरामीलाई धेरै समस्या रहेको पाँचपोखरी भोताङका निमा तामाङले बताए। 

गत वर्ष पनि नगरपालिकाको सहयोग र नगर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा अस्थायीरूपमा ह्युमपाइप हालेर यातायातका साधन आवतजावतमा सहज बनाइएको थियो। यस वर्ष पनि दशैँअगावै पुनः ह्युमपाइप हाल्नुपर्ने बजारवासीको माग छ। मेलम्ची नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुस्कर धितालले अस्थायी संरचनाभन्दा पनि स्थायीरूपमै यस्ता समस्याको समाधान खोज्नुपर्ने बताए।

मेलम्ची नगर पालिकाले पनि स्थायी संरचना बनाउन प्रदेश र सङ्घ सरकारको पटक–पटक ध्यानाकर्षण गराएको जनाएको छ। तत्कालका लागि ह्युमपाइप नै हाले पनि बेलिब्रिज वा पक्की पुलका लागि पहल भइरहेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए।

बाढी आएको केही समयपछि तत्कालीन प्रधानमन्त्री, विभागीय मन्त्रीदेखि राजनीतिक दलका उच्चपदस्त व्यक्तिले विभिन्न प्रतिबद्धता र आश्वासन दिए पनि अहिलेसम्म काम हुनसकेको छैन। बाढी प्रभावितलाई आश्वासन नभएर राहत चाहिएको सरोकारवाला निकायले बुझ्न आवश्यक छ।

मेलम्ची नगरको खानेपानीसँग आग्रह
मेलम्ची क्षेत्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्र गर्न आग्रह गरिएको छ। सोमबार मेलम्ची नगरप्रमुख तामाङ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेल, सिनियर डिभिजनल इञ्जीनियर पदमबहादुर कुँवरलगायतको टोलीसँग भएको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए। 

मेलम्ची नगरप्रमुख तामाङका अनुसार मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र बाहुनेपाटी–पिप्ले मोटरबाटो स्तरोन्नति तथा कालोपत्र गरिदिन खानेपानीसँग आग्रह गरिएको हो। नगरपालिकाको मागका विषयमा सम्बन्धित निकायमा पहल गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए।  -रासस

प्रकाशित: Aug 23, 2022| 10:23 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।