शनिबार, जेठ २, २०८३

दाङमा आठ जना बन्दकर्ता पक्राउ

तुलसीपुर र घोराहीबाट आठ जना बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

दाङ- दाङमा आठ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तुलसीपुर र घोराहीबाट आठ जना बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। तुलसीपुरबाट चार जनालाई प्रहरीले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

National life

गाडी सवारी संचालनमा अवरोध गर्ने, चाँवी खोस्ने, धम्काउने जस्ता कार्य गरेको हुँदा उनीहरूलाई नियन्त्रणमा लिनु परेको मल्लले बताए।

घोराहीको शर्रामा बाटोमा अवरोध राखेर बन्द गरिरहेको अवस्थामा चार जना बन्द कर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले  जानकारी दिए। 

सवारी साधनमा अवरोध तथा सडक खण्डमा अवरोध गरेको पाइएको हुँदा नियन्त्रणमा लिनु परेको डिएसपी गौतमले बताए। शान्तिपूर्ण रुपमा बन्द सफल पार्न खटिएका आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर राज्यले दम्भ देखाएको विप्लव नेकपाका जिल्ला सेक्रेटरी प्रदीप वलीले आरोप लगाए।

प्रकाशित: Aug 23, 2022| 10:07 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।