शनिबार, जेठ २, २०८३

कास्कीबाट चार दिनदेखि एक युवक बेपत्ता

सोही वडाको शुक्लागण्डकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्र पूर्णबहादुर घर्तीमगर यही भदौ ४ गते शनिबार दिउँसोदेखि बेपत्ता भएपछि परिवार र विद्यालयका शिक्षक चिन्तामा परेका छन्।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित खरीबोटका एक किशोर चार दिनदेखि सम्पर्कविहीन भएका छन्। सोही वडाको शुक्लागण्डकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्र पूर्णबहादुर घर्तीमगर यही भदौ ४ गते शनिबार दिउँसोदेखि बेपत्ता भएपछि परिवार र विद्यालयका शिक्षक चिन्तामा परेका छन्।

National life

सो दिन बिहान ११ः०० बजे परिवारका अन्य सदस्य काममा गए पनि किशोर घरमै थिए। दिउसो ३:०० आमा मेलाबाट फर्किँदा घरमा नभएपछि त्यसपछि निरन्तर खोजतलास गर्दा पनि सोमबार रातिसम्म फेला नपर्दा चिन्तित बनाएको शुक्ला गण्डकी माविका प्रधानाध्यापक शान्तिरमण पोखरेलले बताए।

उनका अनुसार किशोर बेपत्ता भएको दिन दिउँसो १:०० बजेतिर छिमेकीले घरदेखि अन्दाजी पाँच किमी टाढा पोखरा–१९ लामाचौर चोकमा देखेको बताए पनि त्यसपछि केही जानकारी प्राप्त भएको छैन। किशोरको साथमा रहेका मोबाइल, पैसा र पर्सलगायतका सामग्री पनि घरमै फेला परेको छ। विद्यालयमा सञ्चालन भइरहेको परीक्षामा आइतबार घर्तीमगर अनुपस्थित भएपछि विद्यालयले पनि खोजी गरेको थियो।

प्रधानाध्यापक पोखरेलले भने, ‘विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले अनुपस्थित भएपछि घरमै गएर सोधपुछ गर्दा विद्यार्थी घर्तीमगर सम्पर्कविहीन भएको जानकारी पायौँ, त्यसपछि विद्यालयले पनि धेरै ठाउँमा सम्पर्क गरेर खोजविन गरे पनि फेला पार्न सकेका छैनौँ। खोजीका लागि प्रहरी र गाउँपालिकामा समेत आग्रह गरेका छौँ।’

किशोरको घरको आर्थिक अवस्था कमजोर रहेको छ। बाबुआमा सामान्य मजदुरी गरेर घर–व्यवहार चलाउँदै आएको र सन्तान हराएपछि आफन्तलगायत धेरै ठाउँमा खोजतलास गर्दासमेत फेला नपरे पनि परिवार चिन्तामा परेको विद्यालयले जनाएको छ।

कम बोल्ने स्वभावको भए पनि किशोर अध्ययनसँगै घरायासी काममा पनि सहयोगी भावनाका थिए। उनी कक्षा ४ देखि सोही विद्यालयमा अध्यनन सुरु गरेका हुन्। विद्यालय र परिवारले हराएका किशोरको खोजीका लागि आग्रह गरेको छ। किशोरलाई कोही कसैले फेला पारेमा विद्यालयका प्रअ पोखरेलको मोबाइलन नं ९८४६२३२८५८ मा सम्पर्क गर्न आग्रह गरिएको छ।   -रासस


प्रकाशित: Aug 23, 2022| 09:24 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।