धनगढी- कैलालीको गोदावरी नगरपालिकाका दुई ठाँउमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
आज बिहान अत्तरिया चौराहा र वडा नम्बर ६ हरैया आवासनगरको गेटनजिक प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो।
ती दुवै शंकास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।