बुधबार, फागुन २०, २०८२

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त सैन्य अभ्यास सुरु

चार वर्षका दौरानमा यस पालि पहिलो पटक क्षेत्रीय प्रशिक्षण समावेश गरिएको दक्षिण कोरियाली मिडियाले जनाएको छ। यस क्षेत्रमा सम्भावित बढ्दो तनाबले गर्दा त्यसो गर्नु परेको बताइएको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

सियोल- दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबारदेखि उलची फ्रिडम शिल्ड नामक नियमित संयुक्त सैन्य अभ्यास शुरु गरेका छन्।  यस्तो अभ्यासको चार वर्षका दौरानमा यस पालि पहिलो पटक क्षेत्रीय प्रशिक्षण समावेश गरिएको दक्षिण कोरियाली मिडियाले जनाएको छ। यस क्षेत्रमा सम्भावित बढ्दो तनाबले गर्दा त्यसो गर्नु परेको बताइएको छ।

जारी सैन्य अभ्यास सेप्टेम्बर १ सम्म चल्नेछ  जसमा कमाण्ड पोस्ट, क्षेत्रीय प्रशिक्षण र नागरिक रक्षा अभ्यासका लागि कम्प्युटर सिमुलेशन लगायतका विधाहरू समावेश हुने बताइएको छ।

अभ्यासको पहिलो सत्रमा दुई देशका सेनाले उत्तर कोरियाको सम्भावित आक्रमणलाई निस्तेज पार्न र महानगरीय क्षेत्रको सुरक्षा गर्ने अभ्यास गर्ने बताइएको छ। दोस्रो भाग अन्तर्गत प्रतिआक्रमण मिसनका विषयहरू हुनेछन्। यसका अतिरिक्त दक्षिण कोरियाली र अमेरिकी सैनिकहरूले क्षेत्रीय युद्धाभ्यासको क्रममा १३ संयुक्त प्रशिक्षण कार्यक्रमहरूमा सैन्यकौशलका विभिन्न विषयहरू समावेश गर्नेछन्। 

समाचार एजेन्सीका अनुसार अभ्यासमा पूर्ण परिचालन क्षमताको मूल्याङ्कन र अमेरिकाबाट दक्षिण कोरियामा परिचालन नियन्त्रण प्रविधि हस्तान्तरण लगायतका विषय पनि समावेश हुनेछन्।

प्रकाशित: Aug 23, 2022| 00:10 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।