शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनलाइन गेमिङमार्फत सट्टेबाजी खेल्‍ने र खेलाउने ४ जना पक्राउ

अनलाइन गेमिङमार्फत सट्टेबाजी खेल्‍ने र खेलाउने ४ जना पक्राउ

दमक नगरपालिकाका विभिन्‍न स्थानमा अनधिकृत रुपमा अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित वनएक्स बेट एप्लिकेसनद्वारा पैसाको हारजित हुने गरी सट्टाबाजी खेल खेल्ने र खेलाउने कार्यमा संलग्‍न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- दमक नगरपालिकाका विभिन्‍न स्थानमा अनधिकृत रुपमा अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित वनएक्स बेट एप्लिकेसनद्वारा पैसाको हारजित हुने गरी सट्टाबाजी खेल खेल्ने र खेलाउने कार्यमा संलग्‍न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

National life

पक्राउ पर्नेहरूमा पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका संचालकहरू दमक नगरपालिका-८ ठेगाना भएका २५ वर्षीय शतप्रकाश साह, सोही नगरपालिका-७ ठेगाना भएका २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियो सञ्‍चालक कमल गाउँपालिका-२ ठेगाना भएका ३० वर्षीय अरूण कार्की र ब्रिटिस आर्मी ट्रेनिङ सेन्टर दमकका सञ्‍चालक दमक नगरपालिका-८ ठेगाना भएका ३३ वर्षीय राजु लिम्बु रहेका छन्। 

वनएक्स बेट एप्लिकेसनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसेलको सिम प्रयोग गरी आवश्यक पर्ने रकम प्राप्त गर्न ईसेवामार्फत कारोबार गर्ने र कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि विभिन्‍न सरकारी कार्यालय तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसईईको प्राप्तांक समेत परिवर्तन गर्ने गरिएको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर आरआईटि शाखा, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।

उनीमध्ये शतप्रकाश साहको साथबाट २४४ थान एनसेलका सिमहरु, विभिन्‍न कम्पनीका ९ थान मोबाइल, २ थान ल्यापटप, राजु श्रेष्ठको साथबाट ८० थान एनसेलका सिमहरु, १ थान मोबाइल, १ थान सीपीयू, १ थान ल्यापटप, ४ थान स्ट्याम्प बरामद गरेको छ भने अरूण कार्कीको फोटो स्टुडियोबाट विभिन्न कम्पनिका ९ थान मोबाइल, १ थान ल्यापटप तथा ५ थान स्ट्याम्प प्रहरीले बरामद गरेको छ।  

उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसूर र लिखत सम्बन्धित कसूर अन्तर्गत जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ। 


प्रकाशित: Aug 22, 2022| 20:55 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।