शनिबार, वैशाख ६, २०८२

क्याबिनेटको निर्णय राजपत्रमा प्रकाशित हुन ढिलाइ हुँदा अतिरिक्त सचिव बन्‍न पाएनन् डा. यादव

साउन २२ मा मन्त्रिपरिषद्मा प्रस्ताव पठाउँदा डा. श्यामसुन्दर यादव १२ औं तहमा प्रमुख विशेषज्ञको रुपमा थिए। १२ औं तहमा हुँदाहुँदै पनि उनको अतिरिक्त सचिव बन्‍ने चाहना पूरा हुन सकेन।
 |  सोमबार, भदौ ६, २०७९
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, भदौ ६, २०७९

vianetvianet

काठमाडौं- स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञलाई अतिरिक्त सचिव बनाउने विषय राजपत्रमा प्रकाशित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत २६ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञ (अधिकृत बाह्रौं तह)लाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको थियो।

triton college

सो निर्णय अनुसार स्वास्थ्य मन्त्रालयका ४ जना विशेषज्ञहरु अतिरिक्त सचिव भए। चार जनामध्ये डा. दीपेन्द्ररमण सिंह, डा. श्यामसुन्दर यादव, डा. गुणराज लोहनी र डा. संगिता मिश्रा प्रमुख विशेषज्ञ थिए। अब स्वास्थ्य मन्त्रालयलाई प्रमुख विशेषज्ञको ठाउँमा अतिरिक्त स्वास्थ्य सचिव दिनका लागि बाटो खुलेको छ।

गत २ असोजमा प्रकाशित राजपत्रमा ‘स्वास्थ्य सेवा नियमावली २०५५ को नियम १३१ ले दिएको अधिकार प्रयोग गरी सोही नियमावलीको अनुसूची ३ को अधिकृत बाह्रौँ तह अन्तर्गर्तको सिंन १ मा रहेका प्रमुख विशेषज्ञ भन्‍ने शब्दहरुको सट्टा अतिरिक्त स्वास्थ्य सचिव भन्‍ने शब्दहरु राखी हेरफेर गरिएको' उल्लेख छ।

मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव बनाउन गत २२ साउनमा मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो। सो प्रस्तावमा नाम अतिरिक्त स्वास्थ्य सचिव राखिए पनि कामकाज भने प्रमुख विशेषज्ञकै हुने बताइएको छ। साउन २२ मा मन्त्रिपरिषद्मा प्रस्ताव पठाउँदा डा. श्यामसुन्दर यादव १२ औं तहमा प्रमुख विशेषज्ञको रुपमा थिए। १२ औं तहमा हुँदाहुँदै पनि उनको अतिरिक्त सचिव बन्‍ने चाहना पूरा हुन सकेन। 

साउन २६ गते अतिरिक्त सचिव बनाउने निर्णय हुँदा उनी पनि अतिरिक्त सचिव हुने सूचीमा थिए, तर राजपत्रमा निर्णय प्रकाशित हुन एक साता लागेपछि उनी अतिरिक्त सचिव नहुँदै अवकास हुनुपर्‍यो। उनले  भदौ १ गते अनिवार्य अवकास पाउँदै थिए। भदौ २ गतेमात्रै राजपत्रमा सो निर्णय प्रकाशित भयो।

National life insurance

निर्णय कार्यान्वायन गर्न ढिलाइ भएको भन्दै डा. यादव मन्त्रालयसँग रुष्ट छन्। तर मन्त्रालयले भने मन्त्रिपरिषद्को निर्णय आउन ढिलो भएको भन्दै डा. यादवको हकमा सो निर्णय कार्यान्वायन हुन नसकेको जनाएको छ। 

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले यसअघि १२ औं तहका चिकित्सकलाई विशेष सचिव पद दिइको रहेछ, तर पछि त्यसलाई परिवर्तन गरी प्रमुख विशेषज्ञ बनाइएको रहेछ भन्दै १२ औं तह सचिव सरहको भएको भन्दै १२ औं तहका विशेषज्ञको हकमा अतिरिक्त सचिव बनाउने  निर्णय गरेको बताएका थिए।

आफूलाई नै हेरेर राजपत्रमा प्रकाशित गर्न ढिलाइ गरिएको पनि उनको आरोप छ। डा. यादव भन्छन्, ‘मन्त्रालयको १२ औं तहको प्रमुख विशेषज्ञलाई अतिरिक्त सचिव बनाउन साउन २६ गते नै निर्णय गरे पनि मेरो अवकाश हुने अवधि गुजारेपछि राजपत्रमा प्रकाशित गरियो। यो अन्याय हो।' 

उनले ५ दिन समय बाँकी नै थियो त्यो समयमा राजपत्रमा प्रकाशित गर्ने प्रशस्त समय भए पनि मलाई उक्त अवसरबाट वञ्‍चित गराउन यस्तो गरिएको उनको आरोप छ। उनले भने, 'समान अवसर पाउनुपर्ने भए पनि मलाई त्यो अवसरबाट वञ्‍चित गराइयो। यसमा मन्त्रालयका केही व्यक्तिको नियत देखिन्छ।’ 

३१ वर्ष स्वास्थ्य क्षेत्रमा योगदान गरेका उनले थपे, 'मैले ३१ वर्ष स्वास्थ्य क्षेत्रमा योगदान गरेँ, कालिकोटदेखि मन्त्रालयसम्म काम गरेँ। तर, मन्त्रालयले मन्त्रालयभित्र काम गर्ने मानिसलाई मात्रै ठूलो देख्‍ने प्रवृति रहेछ, जिल्लामा संघर्ष गरेर आएको मानिसलाई मन्त्रालयको मानिस होइन भन्‍ने प्रवृति रहेछ, यहि चक्रमा म परेको हुँ।' 

उनी आक्रोशित मुद्रामा भने, 'जसले यो अवस्था बनाएको हो उहाँको भलो होस्।'

डा. यादव मन्त्रालयले सबैलाई समान व्यवहारले हेर्नुपर्ने बताउँछन्। समान काम र समान हैसियतमा हुँदा पनि विभेद भएको प्रति उनको गुनासो छ। डा. यादव सिन्धुली जिल्ला अस्पतालबाट सुरु हुँदै कालिकोट, जनकपुर अञ्चल अस्पताल , त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, भेरी अस्तपाल हुँदै स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञको रुपमा रहेका थिए।


प्रकाशित: Aug 22, 2022| 20:36 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्